
काठमाडौँ- वैदेशिक रोजगारीका लागि युएई सरकारले प्रहरी रिपोर्ट माग्न थालेपछि लाजिम्पाटस्थित युएई दूतावासमा नेपाली कामदारहरुको भीड लागेको छ।
प्रहरी रिपोर्टमा दूतावासको स्वीकृति छाप लगाउन बिहानैदेखि लाइनमा बसेका हुन्।
दूतावासले उक्त रिपोर्ट प्रमाणित गर्न गत महिनादेखि कामदारसँग ४ हजार ३ सय रुपैँया शुल्क लिँदै आएको छ।
वैदेशिक रोजगारीमा जाने अन्य खाडी मुलुकले भने प्रहरी रिपोर्ट लिने गरेको छैन।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले क्यामरामा कैद गरेका तस्बिरहरु-