प्रदेश १ प्रमुख विराट महायज्ञमा प्रमुख अतिथि

प्रदेश १ प्रमुख विराट महायज्ञमा प्रमुख अतिथि
+
-

विराटनगर-  प्रदेश नम्बर एकका प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले पहिलोपटक धार्मिक कार्यक्रममा सहभागिता जनाएका छन्।

विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरद्वारा आयोजित १०८ दिवसीय विराट महायज्ञका अवसरमा सहभागि प्रदेश प्रमुख प्रा.डा.तुम्बाहाङले धार्मिक सहिष्णुताले मुलुकलाई बलियो एक बनाउने बताए।

प्रमुख अतिथिका रुपमा कार्यक्रममा सहभागी प्रमुख तुम्बाहाङले भने, ‘धार्मिक कार्यक्रमले मुलुकभित्र रहेका विभिन्न जातजाति, धर्मबीच आपसी प्रेम सदभाव तथा भाइचारालाई सुदृढ बनाउदै लैजाने छ।’

राष्ट्रिय एकतामा यस प्रकारको धार्मिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका प्रदेश प्रमुख तुम्बाहाङले भने, ‘संविधान २०७२ले सनातनदेखि चलिआएको धर्म मान्न पाउनुपर्ने अधिकारका साथै धर्म संस्कृतिको संरक्षण तथा सम्वर्धन गर्न अधिकार प्रदान गरेको छ।’

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने अझै पनि प्रदेशमा मन्त्रालयको सही व्यवस्था भइनसकेको, बस्ने कुर्सीदेखि बेन्चसम्मको ठेगान नभएको गुनासो गरे। उनले भने, ‘मन्दिरको चुनौती तथा कठिनाइका विषयमा आफ्नो चासो छ, तर मन्त्रालयको अवस्था पूर्णरुपमा कार्य गर्ने भइनसकेकोले आर्थिक पक्षमा कमजोर छौँ।’

उनले भने, ‘प्रदेश मन्त्रीहरुको कार्य, सीमा निर्धारित छैनन, तथर्स धेरै बोल्न सक्ने अवस्थामा छैनौं। यहा बजेट तथा खर्च समेतको निर्धारण गर्न सकिएको छैन।’ त्यसैले पनि यस्ता धार्मिक कार्य आफ्नै मन्त्रालय भित्र परेपनि, केही सहयोग गर्न सक्ने अवस्थामा मन्त्रालय नरहेको उनले स्पस्ट पारे।

कार्यक्रममा स्वामी अच्युत प्रपन्नाचार्य, कांग्रेस प्रदेश सांसद केदार कार्की, महानगरपालिकाका प्रमुख भीम पराजुली, एमाले जिल्ला अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्ष महेश रेग्मीको पनि उपस्थिति थियो। कार्यक्रममा धार्मिक, सामाजिक, सेवा तथा विद्धवत् क्षेत्रका ब्यक्तिलाई अभिनन्दन गरिएको थियो। सोमबारदेखि जेठ ३० गतेसम्म १ सय ८ दिनसम्म महायज्ञ चल्नेछ। यसै मन्दिरमा करिब २१ वर्षअघि १ वर्ष निरन्तर महायज्ञको आयोजना गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?