म श्रीदेवीलाई घृणा गर्छु- रामगोपाल वर्मा

म श्रीदेवीलाई घृणा गर्छु- रामगोपाल वर्मा
+
-

काठमाडौं- बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको असामयिक निधनपश्‍चात प्राय सबैले शोक मनाइरहेका बेला फिल्‍म निर्देशक राम गोपाल बर्माले भने आफ्नो ट्वीटमा श्रीदेवीको तस्बिरलाई राखेर शोक भावमा मार्ने भगवान र मर्ने श्रीदेवीप्रति घृणा व्‍यक्त गरेका छन्।

ट्वीटमा उनले शोक भावमा भनेका छन्, ‘श्रीदेवीलाई मार्ने भगवानलाई म घृणा गर्छु र स्वयम श्रीदेवीलाई पनि घृणा गर्छु किनकि उनी मरिसकिन्।’

उनले आफ्नो सपनामा निरन्तर श्रीदेवी नै आइरहेको र राति उठेर आफ्नो मोबाइलको म्‍यासेज हेर्दा श्रीदेवी यो संसारमा नहरेको हेर्दा छट्पटी भएको बताएका छन्।

उनले भनेका छन्, ‘मैले त यो एउटा खराब सपना होला भन्‍ठानेर पुन: सुत्‍न गएँ। तर केही घण्टापछि नै मेरो मोबाइलमा करीब ५० वटा म्‍यासेज आइसकेको थियो। त्‍यही म्‍यासेजले मलाई अब श्रीदेवी यो संसारमा छैनन् भनेर बताइरहेको थियो।’


‘जब म विजयवाडामा इन्जिनियरिङ कलेजमा पढ्थे। त्यतिबेला मैले श्रीदेवीको पहिलो तेलगु फिल्‍म ‘पडाहारेल्ला वयासु’ हेरेको थिए, उनी ट्वीटमा लेख्छन्।

उनले त्‍यही फोटो हेरेर आफूले श्रीदेवीलाई सधैंको लागि मनमा बसाएको बताउँछन्। उनी भन्छन्, ‘श्री देवी मान्छे होइन, भगवानले बनाएर पठाएका हुन्।’

श्रीदेवीले धेरै फिल्‍ममा उनको फरक र दमदार प्रस्तुति दिएर आफ्‍नो प्रतिभालाई स्थापित गरेको दाबी गर्छन् उनी।

उनी भन्छन्, ‘ मेरो लागि श्री देवी यस्ती नायिका हुन् जुन यो संसारमा आशीर्वाद र चेतना दिन आएकी थिइन्। किनकी हामी संसारमा अझै राम्रो काम गर्न सकौं।’ उनले श्रीदेवी भगवानको एक सुन्दर सृजना भएको र मैले त्‍यो अनुभव पहिलो फिल्‍ममा ‘शिवा’को तयारीमा हुँदा पाएको थिएँ।

चेन्‍नईमा नागार्जुनको अफिस जाँदै गर्दा श्रीदेवीको घर पनि हेरेको थिएँ जहाँ म बाहिर बसेर उसको घरतिर हेर्थे र मलाई त्‍यो देखेर विश्वासै हुँदैनथ्यो। त्‍यसपछि म मनमनै भन्‍थे, ‘यस्ती राम्री देवी पनि यस्तो घरमा बस्छिन्।’

अन्तिममा उनी लेख्छन्, ‘म श्रीदेवीलाई किन घृणा गर्छु भने उसले आफ्न‍ो मृत्युलाई जित्‍न सकिनन्। किनकी म उसलाई मात्र एकहोरो प्रेम गर्छु। गरिनै रहनेछु, जहाँ भए पनि, जस्तोसुकै अवस्थामा भए पनि।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?