प्रदेश एकमा नियमावली मस्यौदा समिति

प्रदेश एकमा नियमावली मस्यौदा समिति
+
-

काठमाडौं-नियमावली मस्यौदा समिति गठन गरिएको छ। अस्थायी राजधानी विराटनगरस्थित संसद भवनमा सोमबार बसेको संसद बैठकले दुवै समिति सर्वसम्मत रुपमा समिति गठन गरेको हो।

सदनले सभामुखको अध्यक्षता र उपसभामुख तथा प्रदेश कानुन सम्बन्धी विषय हेर्ने मन्त्री क्रमश पदेन उपाध्यक्ष रहने गरी ११ सदस्यीय कार्यव्यवस्थाा परामर्श समिति गठन गरेको हो।

समितिमा इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी, जयमाया गजमेर, केदारकार्की, मोहनबहादुर खड्का, जयराम यादव, इन्दीरा राई र विष्णु तुम्बाहाम्फे लगायत रहेकाछन्।समितिले प्रदेशसभाको अन्तरिम कार्यविधिको दफा १५ बमोजिक सभाको बैठकमा पेश हुने विषयहरुको प्राथमिकता, समयअवधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढंगले संचालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्‍याएको विषयमा परामर्श दिने काम गर्नेछ।

त्यस्तै प्रदेशसभाले आफ्नो कार्य संचालन गर्न बैठकको सुव्यवस्था कायम राख्न र समितिहरुको गठन, काम कार्वाही र अन्य कुरा नियमित गर्नका लागि ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरिएको छ।

समितिमा लिलाबल्लभ अधिकारी, उत्तमकुमार बस्नेत, एकराज कार्की, सावित्रा रेग्मी, सुर्यमाराज राई, शान्तादेवी पौडेल, झलकबहादुर मगर, रामकुमार राई, रामचन्द्र लिम्बु, इन्दिरा राई, विष्णु तुम्बाहाम्फे रहेका छन्।दुई वटै समितिका विषयमा सदनमा असन्तुष्टि नदेखिएपछि सभामुख प्रदीपकुमार भण्डारीले सर्वसम्मतिले पास गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?