
धनगढी-टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षकाका लागि थुनामा राख्ने आदेश दिएको छ।
जिल्ला न्यायाधीश परसु राम भट्टराईको एकल इजलासले चौधरीलाई थुनामा राख्ने आदेश दिएको हो।
जिल्ला अदालतको आदेश पछि चौधरीले सञ्चारकर्मी सँग कुरा गर्दै भने, अदालतलाई सम्मान गर्दै म आएको हुँ, आज अदालतले दिएको आदेश मैले टिकापुर पाएको ३४ हजार मतको अपमान हो।

मोस्ट वान्टेड सूचीमा रहेका रेशम चौधरी।
उनले भने, अहिले नै म अदालतले आग्रह र पूर्वाग्रह गर्यो भन्दै टिप्पणी गर्दैन; आगामी दिनमा अदालतले मलाई न्याय दिन्छ भन्ने अपेक्षा छ।
चौधरीले आफ्नो संसदमा जाने बाटो बन्द नभएको दाबी गरे।