
काठमाडौं-बलिउडकी नायिका श्रीदेवीको पार्थिक शरीर पाउन उनको परिवारले लामो प्रकिया झेल्नु पर्यो। करीब ६४ घण्टापश्चात उनको परिवारलाई जिम्मा लगाइएको छ।
Dubai Public Prosecution has approved the release of the body of the Indian actress Sridevi to her family following the completion of a comprehensive investigation into the circumstances of her death.
— Dubai Media Office (@DXBMediaOffice) February 27, 2018
खलीज टाइमसका अनुसार श्रीदेवीको पार्थिव शरीरमा लेप लगाउने काम पूरा भएपछि परिवारलाई जिम्मा दिइएको हो। उनको शरीरलाई परिवारले एयरपोर्टबाट केही घण्टामै दिल्ली आउने बताइएको छ। श्रीदेवीको अन्तिम संस्कार बुधबार दिउँसो गरिने पारिवारिक स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएको छ।
किन ढिलाइ भयो श्रीदेवीको पोस्टमार्टम ?
श्रीदेवीको पोस्टमार्टमको प्रक्रिया आइतबार दिउँसोदेखि मात्रै सुरु भएको थियो। आइतबार दुबइमा विदाको दिन भएकाले अस्पतालमा धेरै चिकित्स आएका थिएनन्।
घटनाको पूरै विवरण प्रहरीले छानबिन गरेपछि मात्र पोस्टमार्टम सुरु गरिएको थियो। तर त्यसमा पनि यति धेरै समय लाग्यो की ड्युटी आवर सकिएपछि मुख्य चिकित्सक हिडिसकेका थिए।त्यहा रहेका सहायक चिकित्सकको टीमले श्रीदेवीको शरीरलाई जाँच गरेको थियो।
Update: Dubai Police has handed over the Consulate and the family members letters for the release of the mortal remains of the Indian cinema icon Sridevi Boney Kapoor so that they can proceed for embalming.
— India in Dubai (@cgidubai) February 27, 2018
बलिउडकी चर्चित नायिका भएका कारण चिकित्सकहरुले ध्यान दिएर जाँच गरिदिए। दुबइमा पोस्टमार्टम गर्नको लागि एउटा छुट्टै प्रोटोकल तयार गरिन्छ। यदि अस्पतालको बाहिर कुनै पनि अस्वभाविक मृत्यु भएमा पोस्टमार्टमको प्रक्रिया दुईदेखि तीन दिनसम्म लाग्ने गर्दछ।
पोस्टमार्टको प्रक्रिया पूरा भएपछि सबै रिपोर्ट प्रहरीलाई जिम्मा दिइन्छ। यसको आधारमा प्रहरीले काम/कारबाही अगाडि बढाउँछन् र सम्बन्धित व्यक्तिलाई सोधपुछको लागि बोलाउँछ। श्रीदेवीको हकमा पनि उसको पति बोनी कपूरलाई आइतबार र सोमबार दुबइ प्रहरीले बयान लिएको थियो।
सोमबार पोस्टमार्टमको आधिकारिक रिपोर्ट आएपछि प्रहरीले परिवारलाई मृत्युको प्रमाण पत्र हस्तान्तरण गरेको थियो। यसपछि दुबइको नियम अनुसार शवलाई प्रहरी हेडक्वार्टरमा ल्याइयो र लेपको लागि पठाइयो।
श्रीदेवी पार्थिव शरीरमा लेप लगाइसकिएको छ भने कानुनी प्रक्रिया पनि पूरा भइसकेको छ। दुबइ प्रहरीले भने श्रीदेवीको मृत्युलाई एउटा असामयिक दुर्घटना भनेको छ।
श्रीदेवीको घरमामा श्रद्धाञ्जली दिन कलाकारको भिड
यता, आइतबारदेखि नै बलिउडका सम्पूर्ण कलाकारहरु श्रीदेवीको घरमामा श्रद्धाञ्जली व्यक्त गर्न उपस्थित हुन थालिसकेका छन्। रजनीकान्त पनि आइतबारदेखि नै त्यहा पुगिसकेका छन् भने अन्य कलाकारहरुको आगमन भइरहेको छ। उनको अन्तिम संस्कार जुहुस्थित पवन हंस मुक्तिधाममा गरिने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।