संघीय समाजवादी फोरमको लिम्बुवान समिति झन् ठूलो

संघीय समाजवादी फोरमको लिम्बुवान समिति झन् ठूलो
+
-

विराटनगर- संघीय समाजवादी फोरम नेपालको लिम्बूवान प्रदेश समितिमा थप ९ जना पदाधिकारी चयन गरिएको छ। यससँगै समितिमा अब कुल पदाधिकारी संख्या ६५ पुगेको छ।

मोरङको उर्लाबारीमा मङ्गलबार सम्पन्न भएको तीनदिने बैठकका क्रममा ९ जना पदाधिकारी चयन भएको फोरम पोलिटब्यूरो सदस्य संजय सिंहले जानकारी दिएका छन्।

उनका अनुसार, मोरङ जिल्लाबाट गीता यादव, कुन्ता राई, सम्सेर लिम्बू, बाबुराम कार्की चयन भएका छन्। त्यसगरि अन्य पाँच जना भने इलाम, झापा र ताप्लेजुङबाट चयन भएका छन्।

उक्त तीनदिने बैठकमा प्रदेश नम्बर एकमा सम्पन्न निर्वाचनको नतिजाको समीक्षा, आगामी कार्ययोजना लगायतको विषयमा समेत छलफल भएको छ।

बैठकमा उपस्थित १ सयभन्दा बढी नेता कार्यकर्ताहरुले निर्वाचनका क्रममा लोकतान्त्रिक गठबन्धनले बढि क्षति पुर्‍याएको उल्लेख गरेका छन्।

लोकतान्त्रिक गठबन्धनले पार्टीका लागि फाइदा नभएको निष्कर्ष उनीहरुले निकालेका थिए। त्यसैगरी बामगठबन्धनको प्रभाव र गठबन्धनको राष्ट्रियताप्रतिको ओतप्रोत भावनाले आफूहरु निर्वाचनमा पछाडि परेको बैठकले ठम्याएको छ।

सोही बैठकले प्रदेश नम्बर एकका सांसद जयराम यादव, रामचन्द्र लिम्बू र राधा थापालाई सम्मान समेत गरेको छ।

बैठकमा केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रणध्वज कान्दाङवा, त्यसैगरि प्रदेश सांसद रामचन्द्र तुम्बा, जयराम यादव, राधा थापाको उपस्थिती रहेको थियो। त्यसै कार्यक्रममा सञ्जय सिंह, पर्शुराम बस्नेत उपस्थित थिए।

फोरम नेपालको प्रदेश सभामा कुल ४५ सिट छ भने राष्ट्रिय सभामा दुई र प्रतिनिधिसभा १६ सिट छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?