श्रीदेवीको शव मुम्बई ल्याइयो, बुधबार साढे तीन बजे अन्तिम संस्कार

श्रीदेवीको शव मुम्बई ल्याइयो, बुधबार साढे तीन बजे अन्तिम संस्कार
+
-

पहिलो भारतीय महिला सुपरस्टार श्रीदेवीको शव निधनको तीन दिनपछि मंगलबार राति मुम्बई ल्याइपुर्‍याइएको छ। भारतीय समयअनुसार साढे नौ बजे उनको शव मुम्बई ल्याइपुर्‍याइएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

उनको शनिबार राति दुबईमा होटलको बाथटबमा डुबेर निधन भएको थियो। उनको शव बोकेको प्राइभेट जेटमा बोनी कपुर, उनका पहिलो श्रीमतीका छोरा अर्जुन कपुर र बोनी-श्रीका कान्छी छोरी खुसी पनि साथै थिए।

उनको शव लिन विमानस्थलमा अनिल कपुर पुगेका थिए।

श्रीदेवीका प्रशंसक, सहकर्मी र बलिउडका चर्चित कलाकारहरु उनको शव आउने प्रतीक्षामा मुम्बईस्थित उनको निवासमा प्रतीक्षा गरिरहेका छन्।

बुधबार बिहान साढे नौ बजेदेखि साढे बाह्र बजेसम्म उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र साढे तीन बजे उनको अन्तिम संस्कार गरिने उनका परिवारजनले उल्लेख गरेका छन्।

श्रीदेवीको निधन होटलको बाथटबमै डुबेर भएको पुष्टि भएपछि मंगलबार दुबई प्रहरीले यो केसको फाइल बन्द गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?