
अस्ट्रेलियामा एक बालकको लञ्च बक्समा विषालु सर्पको बच्चा भेटिएको छ । आफ्नो सन्तानको लञ्च बक्स प्याक गर्ने क्रममा लञ्च बक्सको ढकनमा सर्पको बच्चा भेटिएको हो ।
ती महिलालाई लञ्च बक्स बन्द गरेर बाहिर लैजान भनेको पर्स समात्ने व्यक्ति रुली बुरेलले बताएका छन् । उनी ती महिलालाई सहयोग गर्नका लागि गएका थिए । लञ्च बक्समा भेटिएको सर्प इस्टर्न ब्राउन जानको हो ।
यो सर्प विश्वका सबैभन्दा विषालु सर्प मध्ये एक हो । यो सर्प अस्ट्रेलियाको तटीय तथा भित्री क्षेत्रमा पाइन्छ । सर्पको बच्चालाई सुरक्षित रुपमा बाहिर निकालिएको र कसैलाई पनि केही नभएको उनले बताएका छन् ।
सर्पको बच्चामा पनि खतरनाक विष हुने उनले बताए । ती महिला निकै भाग्यमानी रहेकाले सर्प देखेको उनको भनाई छ । यस्तो सर्पको बच्चाले टोकेको साना बालबालिकाले थाहा नै पाउँदैनन् ।
ती महिलाको घरको भान्छामा घरका अरु क्षेत्रमा भन्दा धेरै अँध्यारो रहेकाले सर्प त्यहाँ गएको र लञ्च बक्समा पसेको हुन सक्ने बुरेलले बताए । सन् २००० यता यो प्रजातिको सर्पको टोकाइबाट २३ जनाको ज्यान गएको छ ।