ह्वीलचियरले धानेको मनकुमारीको जिन्दगी

ह्वीलचियरले धानेको मनकुमारीको जिन्दगी
+
-

नेपालगञ्ज– नेपालगञ्ज–२०, गयनपुरकी मनकुमारी परियार अपाङ्ग छन्। बच्चादेखि नै उनको बायाँ खुट्टा सुकेको (पोलियो) छ।

ह्वीलचियरको सहाराले उनी यताउता पुग्छिन्। आफैँ त अपाङ्ग त्यसमा पनि श्रीमानको गएको पुस ११ गते निधन भएपछि मनकुमारीलाई दुई छोरी हुर्काउने जिम्मेवारी थपिएको छ।

बुधबार बिहान नेपालगञ्ज बजारमा तीन वर्षकी कान्छी छोरीलाई अगाडि राखेर ह्वीलचियर धकेलिरहेको अवस्थामा भेटिइन्, मनकुमारी।

हस्याङफस्याङ गर्दै ह्वीलचियर धकेलिरहेकी मनकुमारी सीमावर्ती भारतीय बजार रुपैडिहा जाँदै थिइन्।

‘श्रीमानको मृत्यु भएपछि मैले ह्वीलचियरमा सामान ल्याएर पसलमा दिएर जीविका चलाएको छु,’ मनकुमारीले भनिन्।

मनकुमारीको घर रुपैडिहादेखि करिव १२ किलोमिटरको धुरीमा पर्छ। ह्वीलचियरमा छोरीलाई अगाडि राखेर रुपैडिहा पुगेर सामान राखी पुनः घरमा पुग्न उनलाई दिनभरि नै लाग्छ। जाँदा–आउँदाको २४ किलोमिटरको दुरी सामान राखेर ह्वीलचियरमा पूरा गर्दा मनकुमारीलाई डेढ/दुई सय रुपैया फाइदा हुन्छ।

छोरीलाई त घरमा राखेको भए हुन्थ्यो नि? मनकुमारीले भनिन्, ‘घरमा यसलाई हेर्ने कोही छैन, ६ वर्षकी ठूलीछोरी स्कूल गएकी छ।’

ह्वीलचियरले धानेको जिन्दगी बाँचिरहेकी मनकुमारीको भन्सार कार्यालयप्रति दुःखेसो छ। ‘हामीले जीविका चलाउन थोरै–थोरै सामान रुपैडिहाबाट ल्याउँछौं। भन्सारले भने हामीसँग पनि राजश्व उठाउँछ,’ मनकुमारीले भनिन्, ‘थोरै सामान ल्यायो, त्यहीमा पनि भन्सार तिर्नुपर्ने। कहाँबाट हामीलाई फाइदा होस्। बडो मुश्किलले डेढ/दुई सय हुन्छ। त्यसैले दुई छोरी र आफू पालिएको छु।’

जिन्दगीको पीडा त एकातिर छँदैछ। मनकुमारीलाई आदर्श स्कूलले उठिबास लगाउन थालेपछि अर्को तनाव बढेको छ। आदर्श स्कूलको आफ्नो दावी गरिरहेको गयनपुरको जग्गामा मनकुमारीको घर छ। ‘पहिला त ऐलानी हो, स्कूलले पछि लालपूर्जा निकालेर आफ्नो बताइरहेको छ । अहिले उठ्न चेतावनी दिइरहेको छ । हामी अब कहाँ जाने ?’

स्कूलका प्राचार्य प्रकाश आचार्यका अनुसार गयनपुरको एउटा कित्ताको ११ कठ्ठा १६ धुर र अर्को कित्ताको एक विगाहा ७ कठ्ठा १५ धुर जग्गा अतिक्रमण भएको छ। यही जग्गामा मनकुमारीको पनि घर रहेको छ।

बाँकेमा मनकुमारीजस्ता एक दर्जनभन्दा बढी अपाङ्हगरुले ह्वीलचियरमा रुपैडिहाबाट सामान ओसार्ने गर्दछन्।

बजारका आसपासका अपाङ्गले दिनमा तीन/चार चक्कर लगाएर सामान ओसारेकाले भन्सारले कडाइ थालेको छ।

त्यसको असर भने मनकुमारीजस्तालाई परेको छ। ‘हामी टाढाबाट एकपटक सामान लिन आउनेलाई समेत भन्सारले अरुको तुलनामा गरेर राजश्व लिने गरेको छ, मनकुमारी भनिन्,’ अरु केही गर्न सकिदैन। यही काम गरेर खाना पनि भन्सारले दिँदैन।’

नेपालगञ्जमा पाँच सय बढीको सामान ल्याउदा भन्सार तिर्नुपर्ने भनिएको छ। व्यवहारमा एक हजारसम्मको सामानलाई छोडेको कर्मचारीहरु बताउँछन्। तस्करहरुले अपाङ्ग व्यक्तिलाई प्रयोग गरेर ह्वीलचियरमै सामान ओसार्न थालेपछि कडाइ गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?