
कपिलवस्तु- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ।
कपिलवस्तु जिल्ला प्रहरीले उनका नाममा पक्राउ पूर्जी जारी गरेको त्यहाँस्थित प्रहरी कार्यालयले जानकारी दिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित चन्दको घरमा पक्राउ पूर्जी टाँस भएको हो।
कपिलवस्तु चन्द्रौटाका प्रहरी निरीक्षक झबिन्द्र भट्टराईका मंगलबार उनको घरमा पक्राउ पूर्जी टाँस गरेको हो।
भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्राचार गरेपछि कपिलवस्तु प्रहरीले उनको घरमा पक्राउ पूर्जी टाँस गरेको हो।
जिल्ला अदालत भोजपुरको आदेशबमोजिम उनको घरमा पक्राउ पूर्जी टाँस गरिएको कपिलवस्तु प्रहरीका डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।