
काठमाडौं- बलिउडकी चर्चित नायिका श्रीदेवीको शव यात्रा बेहुलीको परिधानमा निकालिएको छ। दिउँसो करीब २ बजेदेखि निकालिएको श्रीदेवीको शरीरलाई सेतो फुलले सजाइएको ट्रकमा राखिएको थियो।
श्रीदेवीको शव यात्रामा बलिउडका कलाकारहरु सहभागि भएका थिए भने सर्मथहरुको भीड सडकमा बाक्लै देखिन्थ्यो।
श्रीदेवीलाई मुम्बइ प्रहरीले राजकीय सम्मान दिएका छन्। सेतो फूलमा सजिएर राखिएको ट्रकमा पति बोनी कपूर, छोरा अर्जून कपुरलगायत कपुर परिवारका सदस्य छन्।
Mumbai: Mortal remains of #Sridevi being taken for cremation pic.twitter.com/iHwov0Z5FG
— ANI (@ANI) February 28, 2018
ट्रकको पछाडि बलिउडका सबै कलाकार तथा हजारौ समर्थकहरुको भीडले घेरिएको थियो। श्रीदेवीको शवमाथि झण्डाले छोपिएको छ।
मुंबई: सेलिब्रेशन स्पोर्ट्स क्लब, जहां अभिनेत्री श्रीदेवी के शव को अंतिम दर्शन के लिए रखा गया है, के बाहर लगा फैन्स का जमघट. #ReporterDiary
(रिपोर्ट @journovidya ) pic.twitter.com/8DHYF9RU5m— आज तक (@aajtak) February 28, 2018
बुधबार विहान ९.३० बजेदेखि मुम्बईको सेलिब्रेशन क्लबमा श्रीदेवीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो। त्यहा पनि बलिउडका कलाकारहरुको बाक्लो उपस्थिति थियो।