पीडा बेपत्ता परिवारको

काजकिरिया नगर्दा पितृ रिसाएर आफन्त बिरामी भएको भन्दै लाञ्छना

काजकिरिया नगर्दा पितृ रिसाएर आफन्त बिरामी भएको भन्दै लाञ्छना
+
-

नेपालगञ्ज– बिरामी नहुने त मान्छे नै हुँदैनन्। कमला पन्त कुँवर पनि बिरामी भइरहन्छिन्। आफन्तहरु पनि बिरामी हुन्छन्। त्यसबेला उनलाई आफन्तहरुले भन्छन्, ‘श्रीमानको काजक्रिया नगरेकाले पितृ रिसाएका हुन्।’

कमला बेपत्ता पारिएका व्यक्तिका श्रीमती हुन्। सशस्त्र द्वन्द्वका क्रममा कमलाका श्रीमान रुकुमसिंह कुँवरलाई सुरक्षाकर्मीले लगेर बेपत्ता पारेका थिए। अहिलेसम्म उनको अत्तोपत्तो छैन। कमला भन्छिन्, घरपरिवारबाट श्रीमानको काजक्रिया गर्न दबाब आएको छ । लाश र सासको ठेगान नै नहुँदा कसरी काजक्रिया गर्ने ?’

न्यायका लागि द्वन्द्वपीडित समाज, बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेतीलाई पनि आफन्तहरुले श्रीमानको काजक्रिया गर्न दबाब दिइरहेका छन्। आफन्तहरु कोही बिरामी हुँदा काजक्रिया नगरेर हो भन्ने आरोप कमलालाई मात्रै होइन, चन्द्रकलालाई पनि लगाउने गरिन्छ।

उप्रेतीका श्रीमान भुपेन्द्रराज उप्रेतीलाई तत्कालिन शाही नेपाली सेनाले २०६० मंसीर २३ गते नेपालगञ्जको धम्बोझीबाट लगेर बेपत्ता पारेको हो।

चन्द्रकला भन्छिन्, ‘आफ्नो कुरा त छँदैछ, अरु बेपत्ताका परिवारले फोन गरेर काजक्रिया गर्न दबाब दिइरहेका छन्। मैले के जवाफ दिने?’

नेपालगञ्ज आइपुगेको युरोपियन युनियनका टोलीसमक्ष बेपत्ता परिवारले यसरी आफ्ना पीडा सुनाएका थिए। मानवअधिकार रक्षकहरुको चुनौतीका विषयमा बुझ्न आएको टोलीलाई बेपत्ता परिवारका सदस्यहरुले लाश कि सास नहुँदा कसरी काजक्रिया गर्ने भने।

बेपत्ता परिवारले सामूहिक काजक्रिया गर्ने कि भन्नेबारेमा पनि छलफल थालेका छन्। एकथरीले सामुहिक काजक्रिया गरौं भनेर दबाब दिइरहेका छन्। बाँकेमा अहिलेसम्म बेपत्ता परिवार एकजनाले पनि काजक्रिया गरेका छैनन्। आफन्तको व्यापक दबाब आएपछि बर्दियामा एकजनाले काजक्रिया गरेकी छन्।

सत्य निरुपण तथा बेपत्ता आयोगप्रति रुष्ट रहेका बेपत्ता परिवारले ‘चक्काजाम’ नगर्दासम्म आफ्ना आवाज राज्यले नसुन्ने हो कि भन्ने प्रश्न गर्न थालेका छन्।

न्यायका लागि द्वन्द्व पीडित समाजकी अध्यक्ष उप्रेतीले यत्तिका वर्ष शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले नसुनेकाले चक्काजामलगायतका आन्दोलन गर्न बेपत्ता परिवारबाट दबाब आएको बताइन् । ‘बेपत्ता आयोग बनेपछि हाम्रो समस्या समाधान हुन्छन् भनियो, आयोगले पनि तीन वर्षमा माखो मारेन, उप्रेतीले भनिन्, सरकारले फेरि आयोगको म्याद एक वर्ष बढाएको छ । यो अवधिमा पनि कुनै चमत्कार हुन्छजस्तो हामीलाई लागेको छैन ।’

बेपत्ता आयोगले उल्टै इन्सेकको हवाला दिएर बेपत्तालाई मृतक भन्दै घरघरमा हुलाकबाट पत्र पठाएको छ । यसबाट बेपत्ता परिवार अझ रुष्ट बनेका छन् । ‘कसले मार्‍यो, कहाँ मार्‍यो, किन मार्‍यो, केही त खुलाउनु पर्‍यो नि, त्यत्तिकै हचुवाको भरमा मृतक भनेर पत्र पठाएर हुन्छ?’ उप्रेतीले आक्रोश पोखिन्।

सरकारले बेपत्ताको स्थिति लामो समयसम्म सार्वजनिक नगर्दा बेपत्ता परिवारलाई धार्मिक, सामाजिक र कानूनी अप्ठेराहरु परेका छन्।

यसैबीच, द्वन्द्वका क्रममा अंगभंग भएका व्यक्तिलाई क्षतिपूर्तिका लागि भएको वर्गीकरण प्रति पनि उप्रेतीले आक्रोश पोखिन्। बाँकेमा ६८ जना अंगभंगका वर्गीकरण हुँदा पहुँच भएकाहरु धेरै प्रतिशत कायम गरिएको छ। ‘जसको धेरै अंगभंग भएको छ । उसलाई २० प्रतिशत कायम गरिएको छ । हल्काफूल्का अंगभंग भएकालाई ७५ प्रतिशतसम्म वर्गीकरण गरिएको छ, उप्रेतीले भनिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?