
बुधबार एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपिएका हुन्। एमाले पोलिटब्यूरो सदस्य अरुण नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने कैलाश ढुंगेल अर्थ तथा योजना मन्त्री बनेका छन्।
त्यस्तै दावादोर्जे लामा कृषि तथा सहकारी मन्त्री बनेका छन्। उता माओवादीबाट मन्त्रिपरिषदमा आएका युवराज दुलालले भने सामाजिक विकास मन्त्रालय पाएका छन्। दुलालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अंगरक्षकका रुपमा लामो समय काम गरेका थिए।