प्रदेश नम्बर प्रमुखले गरे होलीको विशेष कार्यक्रम

+
-

मोरङ- फागु पूर्णिया होली पर्वका अवसरमा प्रदेश नम्बर एक प्रमुखको विराटनगरस्थित निवासमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ।

विराटनगरको कोशीप्रोजेक्टमा अवस्थित निवासमा दिउँसो १२ बजेबाट सुरु गरिएको कार्यक्रममा प्रदेशमन्त्री, प्रमुख जिल्ला अधिकारी, उद्योगी व्यवसायी, नागरिक समाज, सुरक्षानिकायका पदाधिकारी उपस्थित छन्।

यसै अवसरमा प्रमुख प्रा. डा. गोविन्द तुम्बाहाङले होलीको शुभकामना व्यक्त गरेका थिए। यस क्रममा उनले संविधान २०७२ ले सबै धर्म र संस्कृतिलाई उच्चसम्मान प्रदान गरेको बताएका छन्।

उनले भने, ‘संविधानले सबै जात जातिलाई आफ्नो धर्म, संस्कृति मनाउन पाउने अधिकार प्रदान गरेको छ। यही मूल्य मान्यताको जगमा उभिएर मनाउन लागिएको यो होलीले नेपालीबीच मेलमिलाप, आपसी सद्भाव कायम राख्नेछ।’

सो क्रममा गायक सुमित खड्काले होलीको गीत गाएका थिए। शुभकामना आदानप्रदान कार्यक्रम प्रदेश नम्बर एकको कार्यालयले आयोजना गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?