
धनगढी- नोपलकै सर्वाधिक धनराशिको धनगढी प्रिमियर लिगको दोस्रो संस्करणका लागि अहिले पिच निर्माणको काम धमाधम भईरहेको छ।
आगामी चैत १७ गतेदेखि वैशाख १ गतेसम्म आयोजना हुने डिपिएलको दोस्रो संस्करणका लागि पिच र मैदान निर्माणको काम धमाधम भईरहेको हो।
डिपिएलको खेल हुने संघीय प्रहरी कार्यालय धनगढीको खेल मैदानलाई सिंचाई गर्दै घाँस उमार्ने काम भईरहेको छ।
करिब तीन करोडको लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउने छन्।
पहिलो संस्करणको विजेताले १५ तथा उपविजेताले ७ लाख रुपैँया पाएका थिए। प्रतियोगितामा ६ वटा टोलीहरुले सहभागिता जनाउनेछ।
तस्बिरहरु- दीपकराज जोशी/देश सञ्चार