
काठमाडौँ- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण गरेको ‘सत्रुगते’ को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ।
‘सत्रुगते’मा मदनकृष्ण र हरिवंशका अतिरिक्त अभिनेत्रीहरु प्रियंका कार्की, दीपाश्री निरौला, आँचल शर्मा र अभिनेताहरु पल शाह, दीपकराज गिरीलगायतको अभिनय छ।
यो फिल्म चैत ९ गते सार्वजनिक हुने ट्रेलर रिलिजका क्रममा जानकारी दिइएको छ।
‘नाईँ नभन्नू ल’ बाट चर्चित बनेका पल शाह र आँचल शर्माको जोडीका कारण पनि यो फिल्मलाई उत्सुकतापूर्वक हेरिएको छ। ट्रेलर रिलिज कार्यक्रममा पल र आँचलको जोडीमा सबैको ध्यान गएको थियो।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रमका केही दृश्य: