स्कोर्पियो गाडीभित्र युवकको शव

स्कोर्पियो गाडीभित्र युवकको शव
+
-

विराटनगर- विराटनगरको पोखरियास्थित दुर्गाचोकमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङ प्रहरी मुद्दा फाँटका प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले शनिबार दिउँसो बा.१२.च ५९६३ नम्बरको स्कोर्पियो गाडीभित्र युवाको लाश भेटिएको बताए। यस विषयमा प्रहरीले अनुसन्धान जारी राखेको बताए। भण्डारीका अनुसार घटनास्थलबाट गाडीसहित अन्य तीनजनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको बताइएपनि घटनामा आपराधिक गिरोहको संलग्नता हुनसक्ने आशंका कार्यालयको छ। शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल राखिएको छ।

त्यसैगरी मोरङको दुई स्थानमा शनिबार भएको सवारी दुर्घटनमामा ४ जना घाइते भएको कार्यालयले जनाएको छ। मोरङको ग्रामथान गाउँपालिकामा को.२७.प. ५३३६ नम्बरको मोटरसाइकलको ठक्करबाट गाम्रथान निवासी ४० वर्षिय भोजनलाल माझी घाइते भएका छन्।

साइकलयात्री माझी र मोटरसाइइकल चालक बुढीगंगा गाउँपालिकाका ५२ वर्षीय बद्रीप्रसाद बाह्रकोटी समेत घाइते भएका छन्।

त्यसैगरी अर्को घटनामा बेलाबरी नगरपालिकामा को.८.प. ७१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालक मिलन घिमिरे र ५ वर्षीया बालिका खुसी थापा घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?