फोटो फिचर

सनमले नेपाली फ्यानलाई सनम नै बनाए

सनमले नेपाली फ्यानलाई सनम नै बनाए
+
-

काठमाडौं – चार युवाको समूह । पेशा संगीत । बलियो पक्ष, बान्की मिलाएर गाउने गीत, झुमेर बजाउने बाजा अनि त्यो भन्दा ठूलो चारबिचको कनेक्सन ।

कुरा हो, सनम ब्याण्डको । युट्युब मार्फत कम्तिमा भारत र नेपालसहितका भारतीय प्रायद्विपमा आफूलाई चिनाउन सफल भारतीय ब्याण्ड ।
सदस्य दुई दाजुभाइ सनम र समर पुरी अनि दुईमा चार भने हुने केशव धनराज र वेंकी एस ( वेंकट सुब्रमन्याम) ।

गीत गाउने चार सदस्यमा सायद सबैभन्दा कान्छा, सनम पुरी । लिड गिटारमा उनका दाइ समर पुरी, बास गिटारमा वेन्की अनि ड्रम्समा केशव धनराज ।

सनमको नामले आफूलाई इन्टरनेटको दुनियामा स्थापित गराउन सफल सनम ब्याण्ड शनिबार बेलुका नेपालमा थियो ।

आफ्नो गिटारको तारमा दर्शकलाई तान्दै समर पुरी । तस्बिर : बर्षा शाह/देश सञ्चार

बलिवुडका नयाँ पुराना गीतलाई आफ्नो संगीतमा गाएर तथा आफ्नै ओरिजिनल गीतबाट चर्चित भएको सनम ब्याण्डले शनिबार बेलुका ललितपुर जावलाखेलको मैदानमा प्रस्तुति दिँदा नेपाली फ्यानको अनुहारमा उत्साह उत्कर्षमा थियो । थियो त्यस्तै उमंग चार युवाले भरिएको सनम ब्याण्ड र उनीहरुलाई साथ दिन आएका अरु कलाकारमा पनि ।

ड्रम्समा रमाउँदै केशव धनराज । तस्बिर : बर्षा शाह/देश सञ्चार

सनमले नयाँ गीत सनम मेन्नु गाएर सुरु गरेको कन्सर्टमा आफ्ना चिर्चित गीत गाए भने उनीहरुले नेपाली गीतको स्वाद पनि दिए ।

सनमले लगजा गले से फिर कभी गाउँदा भावुक बनेका दर्शक सनमले नेपाली गीत परेलीमा लुकाइ राखन गाउँदा भावनामा बाँधिए, मायाले स्वतन्त्र भए ।

सनमले नेपाली फ्यानलाई सनम नै बनाए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?