लमजुङमा जलविद्युत आयोजनाविरुद्ध आन्दोलन

+
-

लमजुङ – जलविद्युतका लागि लगानीमैत्री घोषणा गरिए पनि लमजुङका विभिन्न आयोजनाकाविरुद्ध स्थानिय बासिन्दा आन्दोलित भएका छन् ।

जिल्लामा निर्माण सम्पन्न र निर्माणाधिन जलविद्युत आयोजना नियमविपरीत सञ्चालन भएको भन्दै स्थानीयवासीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उदिपुर–भुलभुले राष्ट्रिय प्रशारण लाइन प्रभावितहरूले सुरु गरेको आन्दोलन विस्तारित भई जिल्लामा निर्माणाधिन सवै आयोजना केन्द्रित भएको हो । स्वतन्त्र अग्रिम जानकारीसहितको मञ्जुरी तथा अधिकार मञ्च लमजुङले शनिबार पत्रकार सम्मेलन गरी मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

जलविद्युत आयोजनाहरूले प्रष्टरूपमा सार्वजनिक सुनुवाई नगरेको, सरकारका प्रचलित नियम कानुन र अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धिविपरीत सञ्चालन गर्दा स्थानीय जनताको अधिकार लुटिएको भन्दै आन्दोलन गर्न बाध्य भएको मञ्चका संयोजक खेमजङ गुरुङले बताए ।

जिल्लाका जलसम्पदामा चरम भू तथा जल माफियाहरूको विगविगी बढेको मञ्चको दाबी छ । मञ्चले विभिन्न २४ बुँदे माग तथा संघर्षका कार्यक्रमसम्बन्धी जिल्लाका सवै सरोकारवाला निकायमा ज्ञापनपत्रमार्फत जानकारी गराएको छ ।

ज्ञापनपत्रमा जलविद्युत आयोजना सुरु गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन तथा सार्वजनिक गर्नुपर्ने, नागरिकको नोक्सान भएको सम्पत्तिको उचित मुआव्जा दिनुपर्ने, स्थानीय बासिन्दालाई रोजगार दिनुपर्ने, प्रभावितहरूलाई निःशुल्क शेयर प्रदान गर्नुपर्ने लगायतका माग राखिएको छ ।

यसअघि भुलभुले–मस्र्याङदी १३२ केभी प्रशारण लाइन प्रभावितहरूको माग सम्बोधन नभए २२० केभी प्रशारण लाइन निर्माण हुन नदिने चेतावनी दिइसकेका छन् । समितिले विभिन्न प्रकृतिको विरोध जुलुससहित आयोजना निर्माण बन्द गर्ने सम्मका विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?