सिरिया युद्ध

पूर्वी गुटामा दुई हप्तामा १० प्रतिशत क्षेत्र सरकारी सेनाको नियन्त्रणमा

पूर्वी गुटामा दुई हप्तामा १० प्रतिशत क्षेत्र सरकारी सेनाको नियन्त्रणमा
+
-

दुई हप्तादेखि बिद्रोही विरुद्ध कारवाही अभियान सुरु गरेको सिरियाली सरकार समर्थित सेनाले बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटाको १० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिन सफल भएको छ । राजधानी दमासकस नजिक रहेको पूर्वी गुटा सन् २०१३ देखि बिद्रोहीको कब्जामा छ ।

दुई हप्तादेखि हवाई आक्रमण हुँदै आएको पूर्वी गुटामा शनिबारदेखि सरकारी सेनाले स्थल आक्रमणलाई तीव्रता दिएको छ । बिद्रोहीले पनि त्यसको प्रतिकार गरिरहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । पूर्वी गुटामा अहिले ३ लाख ९३ हजार नागरिक फसेका छन् ।

सिरियामा बिद्रोही विरुद्धको कारवाही अभियानमा रुसले साथ दिँदै आएको छ । पूर्वी गुटामा पनि रुसको साथमा सिरियाली सेनाले बिद्रोहीलाई निशाना बनाउन भन्दै आक्रमण सुरु गरेको हो ।

तर निशानामा बिद्रोही भनिए पनि मारमा सर्वसाधारण नागरिक परेका छन् । झण्डै दुई हप्तामा ६७४ जना भन्दा धेरैको ज्यान गएको छ । यसमा एक सय ५० भन्दा बढी बालबालिका छन् ।

पूर्वी गुटामा खाद्यान्नसहितका अत्यवाश्यक सामग्रीको अभाव छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले युद्ध विरामको प्रस्ताव गरे पनि त्यो लागु भएको छैन । सिरियालाई साथ दिँदै आएको रुसले अहिले पनि आक्रमणलाई निरन्तरता दिएको छ ।

सिरिया सरकारले गुटामा भइरहेको आक्रमण बिद्रोही लक्षित रहेको दाबी गरेको छ । तर मर्कामा सर्वसाधारण नागरिक परेका छन् ।
भोकमा ज्यान जोगाएका उनीहरु हवाई तथा रकेट आक्रमणमा आफूलाई बचाउन असफल छन् ।

राजधानी दमासकसको बाहिरी इलाकामा रहेको पूर्वी गुटामा ३ लाख ९३ हजार मानिस फसेका छन् । अहिले ती नागरिक रुसको सहयोगमा सरकारी सेनाले बम खसाल्न थालेपछि त्रासमा बाँच्न बाध्य छन् । सरकारी सेनाको आक्रमणमा धेरै बालबालिका चपेटामा परेका छन् । उपचारका लागि स्वास्थ्य संस्थाको पनि अभाव छ ।

संयुक्त राष्ट्रसंघले पूर्वी गुटाको अवस्था अति नै दयनिय भएकाले तत्काल सबै पक्षले मानवीयता देखाउनु पर्ने बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस्टले पूर्वी गुटाले अब पर्खिन नसक्ने भन्दै तत्काल युद्ध रोकेर सहयता सामग्री पठाउन तथा उद्धारको काम गर्नु पर्ने बताउँदै आएका छन् । तर पूर्वी गुटाको अवस्था फेरिएको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?