काठमाडौं- आईसिसी एकदिवशिय विश्वकप छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल अहिले जिम्बावेसँग भिडिरहेको छ। टस जितेपछि ब्याटिङ गरेको जिम्बावेले तीन ओभरमा ४० रन जोडेको छ।
नेपालले समूह ‘बी’को खेलमा जिम्बावेसँग खेल्दै यात्रा सुरु गर्न लागेको हो। सेफास झुआव १४ बलमा २ छक्का र ३ चौकासहित २६ रनमा खेल्दैछन्। अर्का ओपनर सोलोमन मायर पाँच बलमा एक छक्का र एक चौकासहित ११ रनमा खेल्दैछन्।
१० टोलीको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई अर्थात फाइनलमा पुग्ने टिम आउँदो वर्ष इंग्ल्याण्डमा हुने विश्वकपका लागि छानिने छन् । प्रतियोगितामा चार टेस्ट र ६ एसोसिएट टोली सहभागी छन्। एसोसिएटमध्ये नेदरल्यान्ड्ससहित शीर्ष चार टोलीले चार वर्षका लागि एकदिवशिय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्।
समूहगत चरणमा नेपालले आयोजक जिम्बाबेसहित अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । अर्को समूहमा आयरल्याण्ड, वेष्ट इन्डिज, नेदरल्याण्डस्, पपुवा न्युगिनी र युएई रहेका छन् ।
समूहको शीर्ष तीनमा पुग्ने टिमले सुपर सिक्समा स्थान बनाउने छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































