फोटो फिचर

थरिथरिका सांसद, थरिथरिका भेषभूषा (फोटो फिचर)

थरिथरिका सांसद, थरिथरिका भेषभूषा (फोटो फिचर)
+
-

काठमाडौँ- नेपाल संघीयतामा प्रवेश गरेपछिको विविधतापूर्ण संसद आइतबार आयोजित संघीय संसदको पहिलो बैठकको शपथ ग्रहण समारोहमा प्रस्टै देखिएको छ। परम्परागत भेषभूषा र पहिरनमा सजिएर आएका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले आआफ्नै मातृभाषामा पद तथा गोपनियताको शपथ लिएका थिए।


त्‍यहाँ साँच्‍चै नेपाल सयौँ थरि फूलको बगैचा जस्तो हो भन्‍ने आभास हुन्थ्‍यो जोकोहीलाई पनि। अरु दिनमा साधारण पोशाकमा देखिंदै आएका अधिकांश सांसदहरु आइतबार भने आफ्ना मौलिक पोशाकमा आउँदा सबैले एकअर्कालाई चिन्‍न गाह्रो परिरहेको थियो।

प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यहरु संसद भवन अगाडि कोही आपसमा बधाई आदान प्रदान गरिरहेका देखिन्थे भने कोही सेल्फी खिच्‍न व्‍यस्त देखिन्थे।

नेपाली पोशाक दौरा सुरुवाल लगाउने पनि भेटिएका थिए भने थारु, मगर, गुरुङ, मारवाडी, मुसलवान समुदायको वेशभूषामा सजिएका सांसद्ले राष्ट्रिय तथा स्थानीय समस्या समाधान गर्न र संविधान कार्यान्वयनमा पूर्णरुपमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धतासमेत जनाएका थिए।

थारु वेशभूषामा शपथ ग्रहण समारोहमा उपस्थित भएकी सांसद शान्ता चौधरीसँग सेल्फी खिच्नेदेखि बधाई साटासाट गर्नेको राम्रै भीड लागेको थियो। उनले जनताले विश्वास र भरोसा व्यक्त गरेर आफूलाई प्रतिनिधिसभा सदस्यमा जिताएको स्मरण गरिन्।

उनले भनिन्, ‘प्रतिनिधिसभा सदस्यमा शपथ लिएपछि एक प्रकारको उत्साह र एक प्रकारको चिन्ता पनि लागेको छ। जनताले दिएको ज्म्मिेवारी पूरा गर्छौँ।’

पाँच पटकका अर्थमन्त्री डा रामशरण महतलाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित हितबहादुर तामाङ आफ्नै समुदायको वेशभूषामा शपथ लिन संघीय संसद् भवन नयाँ बानेश्वर पगेका थिए।

 

तस्बिरहरु-वर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?