
काठमाडौं- संघीय संसदको शपथग्रहण समारोहमा प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ मध्ये प्रतिनिधिसभाका २७१ र राष्ट्रियसभाका ५५ सांसदले आइतबार पद तथा गोपनीयताको शपथग्रहण लिए।
नेपालका ७७ जिल्लाका आफ्ना आफ्ना भेषभूषामा आएका संघीय संसदका सदस्यको उपस्थितिले बानेश्वरस्थित सभा परिसर रमाइलो देखिएको छ।
आजैदेखि यी सांसदहरुको जिम्मेवारी सुरु भएको छ- देशलाई आर्थिक र सामाजिक रुपमा नयाँ गति दिने।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले यी ३५ तस्बिरमा संघीय संसदका प्रतिनिधिहरुलाई पाठकसमक्ष प्रस्तुत गरेकी छन्।
थरिथरिका सांसद, थरिथरिका भेषभूषा (फोटो फिचर)
तस्बिरहरु-बर्षा शाह/ देश सञ्चार