मुनामदन अब बंगलादेशमा, विराटनगरमा तीन अतिरिक्त शो

मुनामदन अब बंगलादेशमा, विराटनगरमा तीन अतिरिक्त शो
+
-

विराटनगर – विराटनगरमा गएको बिहीबार मञ्चन समापन भएको नाटक मुनामदन बंगलादेशमा पनि मञ्चन हुनेभएको छ । सार्क कल्चरल सोसाइटीको अग्रसरतामा मुनामदनलाई बंगलादेश लाने योजना बनाइएको छ ।

यसका लागि पूर्वाधार तयार गर्न सोसाइटीका नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र गुरागाईं चैतको दोश्रो साता बंगलादेश जाने भएका छन् । यसैबीच दर्शकबाट अत्याधिक रुचाइएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक सोमबार तीनवटा अतिरिक्त शो मञ्चन हुने भएको छ ।

विराटनगरस्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटक घरमा बिहान सवा १०, पैने १२ र साढे १ बजे तीनवटा शो मञ्चन हुन लागेको हो । दर्शकबाट अधिक रुचाइएपछि अतिरिक्त शो मञ्चन गर्न लागिएको नाटक आयोजनाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । नाटकको औपचारिक समापन भने गएको बिहीबार नै भइसकेको छ ।

तर दर्शकबाट अधिक रुचाइएपछि पुनः अतिरिक्त शो देखाउन लागिएको हो । नाटकले सफलता प्राप्त गरिसकेकाले आगामी भदौमा पनि मुनामदन पुनः मञ्चन गरिने नाट्य संयोजक कमल पोखरेलले जनाए । मुनामदनको नाट्य रुपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कट्वाल दीपकले गरेका हुन् ।

सुदीप कार्कीले निर्देशन गरेको नाटकमा लकेश दंगाल, सरु कटुवाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सन्जित राई, विकेक आचार्य र लकेश राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’