धनकुटा महोत्सवमा कलाको झल्को

निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्ने मुख्यमन्त्री राईको भनाई

निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्ने मुख्यमन्त्री राईको भनाई
+
-

विराटनगर – निजी क्षेत्रलाई प्रदेशको विकास र सम्बृद्धिका लागि लगानी गर्न प्रोत्साहन गरिने प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

आइतबारदेखि धनकुटामा सुरु भएको प्रादेशिक, औद्योगिक, व्यापार तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्वसको उद्घाटनका क्रममा मुख्यमन्त्री राईले प्रदेशको सम्बृद्धिको लागि आउदो पाच वर्ष स्वर्णिम हुने बताए ।

मुख्यमन्त्री राईले भने, ‘धेरै क्षेत्रको सम्भावना बोकेको यस प्रदेशको विकासका लागि निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नेछ । देश संघीय संरचनामा गइसकेको र संविधान कार्यान्वयनको बाटोमा उन्मुख भइरहेको छ, त्यसैले पनि अबको लक्ष्य विकास नै हो ।’

उनले तीन तहको नागरिक सरकार देशमा बनिसकेको अवस्था र सिंगो देश विकास सम्बृद्धि र सम्पन्नता प्राप्त गर्ने ऐतिहासिक यात्रामा प्रवेश गरेको उल्लेख गरे ।

चौथो धनकुटा महोत्सवमा प्रदर्शनीतर्फ १ सय २५ त्यसैगरि २५ वटा विभिन्न खानाको परिकारको स्टल गरी कुल १ सय ५० वटा स्टल राखिएको छ ।

स्टलमा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका बस्तु, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिबुटी, घरेलु उद्योगवाट उत्पादित वस्तु तथा कलासंस्कृति झल्कने कार्यक्रम एवम् प्रदर्शनी रहेका छन् ।

महोत्सव करिब एक लाख आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने र ३ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान रहेको छ ।

उद्योग बाणिज्य संघ धनकुटाको आयोजनामा सुरु भएको कृषि, पर्यटन, स्वास्थ्य, स्वरोजगार, उद्योग र ब्यापार समुन्नत प्रदेश नम्बर एकको आर्थिक विकासको मुल आधार भन्ने नारासहितको महोत्वस फाल्गुन ३० गतेसम्म चल्नेछ ।

तस्बिर सौजन्य : सरस कट्टेल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?