
धनगढी- प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका रेशम चौधरीलाई कैलाली कारागारबाट स्थानान्तरण गर्ने चेतावनी दिएका छन्।
कारागार भित्रैबाट सामाजिक सद्भाव भड्काउने प्रयत्न गरेको भन्दै चौधरीलाई अन्यत्रै स्थानान्तरण गर्न सकिने मन्त्री शाहले बताए।
उनले कारागार भीत्रै आमरण अनसन सुरु गरेर टीकापुरको सद्भाव भड्काउने काम भईरहेकाले त्यसो नगर्न आग्रह गरे।
रेशम लगायत टिकापुर घटनाका २५ जना बन्दीहरुले आईतवार बेलुकीदेखी झुटा मुद्धा खारेजी लगायतका माग राख्दै कारागार भित्रै अनसन सुरु गरेका छन्।