
काठमाडौं- लागू अौषध तस्करले पार्सल मार्फत लागू अौषधको तस्करी गर्न थालेको पाइएको छ।
लागु औषध नियन्त्रण ब्युरो-एनसिबीको टोलीले ‘ग्रीन टी’को नाममा गाँजाको पार्सल बनाएर पठाउन खोज्ने तनहुँका ३५ वर्षीय देउ बहादुर गुरुङ पक्राउ परेका छन्।
सुन्धारास्थीत बैदेशीक हुलाक भन्सार कार्यालयबाट अन्य ब्यक्तीको परिचयपत्र प्रयोग गरी गुरुङले उक्त पार्सल पठाउन लाग्दा फन्दामा परेका थिए।
गोल्डेन रङको रंगिन प्लाष्टिकमा ग्रीन टीको स्टीकरको फोटोकपीले बेरेर गाँजा हङकङ पठाउन लागिएको थियो।
एनसीबिका अनुसार एक केजी तीन सय ९० ग्राम गाँजाको धुलो बरामद भएको छ।