धनगढी- प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई दुई तिहाई प्रदेश सभा सदस्यको विस्वासको मत प्राप्त भएको छ।
मंगलवार बसेको प्रदेश सभाको पाँचौ बैठकमा भट्टलाई ३८ जना प्रदेश सभा सदस्यले विस्वासको मत दिएका हुन भने उनको बिपक्षमा १० मत परेको छ। नेपाली कांग्रेसका ४ जना सदस्य भने अनुपस्थित रहे।
प्रदेश सभाको मंगलवारको बैठकमा विस्वासको मतका लागि मुख्यमन्त्रीले गरेको प्रस्तावमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेश सभा सदस्य बिरमान चौधरी र एमालेका तारालामा तामाङले समर्थन गरेका थिए।
दिउसो २ बजे सुरु भएको प्रदेश सभाको बैठकको सुरुमै सभामुख अर्जुन बहादुर थापाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आफ्नो वक्तव्य सहित विस्वासको मत जाहेर गर्ने प्रस्ताव पेस गर्न अनुमती दिएका थिए।
उक्त प्रस्ताव पेस गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले पक्ष प्रतिपक्ष भन्दा पनि सहमती र सहकार्यका साथ अगाडी बढ्ने विस्वास दिलाउदै सबै प्रदेश सभा सदस्यहरुलाई विस्वासको मत दिन अपिल गरे।
तर मुख्यमन्त्रीले यस्तो अपिल गरेपनि नेपाली कांग्रेस र राजपाका सांसदले उनलाई मत हालेनन्। नेकपा माओवादीका १४ र एमालेका २४ गरी ३८ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री भट्टलाई विस्वासको मत दिएका हुन्।
योसँगै संविधानमा भएको ब्यवस्था अनुसार मुख्यमन्त्री विरुद्ध अबको दुईवर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन पाईने छैन्।

भर्खरै
लोकप्रिय






































































































































































































