बालविवाहमुक्त क्षेत्र बन्दै महोत्तरीको हात्तीलेट

बालविवाहमुक्त क्षेत्र बन्दै महोत्तरीको हात्तीलेट
+
-

महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका–८ हात्तीलेटलाई बालविवाहमुक्त क्षेत्र घोषणा गर्ने तयारी पूरा भएको छ ।

साबिकको हात्तीलेट गाविस रहेको बर्दिबास नगरपालिका–८ मा पछिल्लो समय विभिन्न सरकारवाला निकायले चलाएको अभियानका कारण बालविवाहमा कमी आएकाले यस क्षेत्रलाई बालविवाहमुक्त क्षेत्र घोषणा गर्न लागिएको वडा नम्बर ८ का अध्यक्ष शम्शेरसिंह लामाले बताए ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बिहीबार हात्तीलेटलाई बालविवाहमुक्त क्षेत्र घोषणा गर्न लागिएको हो । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गिरीराजमणि पोखरेलले विशेष कार्यक्रमका बिच हात्तीलेटलाई बालविवाहमुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम छ ।

बर्दिबासमा रहेर महिला सशक्तिकरण तथा लैंगिक आधारमा हुने हिंसा विरुद्ध काम गर्दै आएको महिला साँस्कृतिक उत्थान केन्द्र तथा साथी संस्थाको आस्था कार्यक्रम अन्तर्गत हात्तिलेटमा बालविवाहसहितका महिलाको प्रगतिमा रहँदै आएका बाधा हटाउने प्रयास हुँदै आएको छ ।

यो प्रयासमा बर्दिबास नगरपालिका र स्थानीय बासिन्दाले साथ दिएका छन् । केही वर्षअघिसम्म हात्तिलेटमा ४० प्रतिशतको हाराहारीमा बालविवाह रहेको क्षेत्रमा अहिले त्यो घटेर ८ प्रतिशत मात्रै रहेको अध्ययनले देखाएको वडा नम्बर ८ का अध्यक्ष लामाले बताए ।

बाँकी रहेको बालविवाहलाई पनि अन्त्य गर्ने र सामूहिक प्रयासमा पाएको सफलतालाई सम्मान गर्नका लागि बालविवाहमुक्त क्षेत्र घोषणा गर्नका लागिएको उनले बताए ।

नेपालको संविधान २०७२ ले बालविवाह गर्न/गराउन नपाइने, त्यस्तो कार्य कानूनी रुपमा दण्डनीय र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने गरी बाल विवाह विरुद्धको अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेकाले पनि आफूहरु गाउँलाई बालविवाहमुक्त बनाउने अभियानमा जुटेको स्थानीय अधिकारकर्मी तथा महिला साँस्कृतिक उत्थान केन्द्रकी शारदा दाहालको भनाई छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७३ का अनुसार बाल विवाह गर्न नहुने भनिएको छ जस अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुदैन । २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था रहेको छ ।

बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको र आफूहरुले गाउँमा सबैको भेला गराएर यसबारे जानकारी दिने काम गरेको बर्दिबास नगरपालिकाले जनाएको छ ।

बालिका शिक्षा, बालविवाह विरुद्धका विभिन्न अभियान, महिला तथा पुरुषलाई समूह बनाएर यो अभियनमा जुटाएकाले छोटो अवधिमै बालविवाह रोक्ने पक्षमा राम्रो उपलब्धी हात पार्न सफल भएको अधिकारकर्मी तथा आस्था कार्यक्रमका संयोजक इमान सुनारले बताए ।

हात्तीलेटका स्थानीय संघ संस्था बालक्लब, महिला समूह, आमा समूह, स्थानीय राजनीतिक दल, विद्यालय र महिला संजाल तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट बालविवाह कम गर्न सकिएको उनको भनाई छ ।

बालविवाहमुक्त क्षेत्र घोषणा भइसकेपछि त्यसलाई निरन्तरता दिन र कार्यान्वयनको अनुगमनका लागि सबै पक्ष समेटिको समिति बनाउने निर्णय पनि भएको वडाध्यक्ष शम्शेरसिंह लामाले बताएका छन् ।

यसअघि गएको जेठमा बर्दिबास नगरपालिकाको वडा नम्बर १० र ११ लाई पनि बालविवाहमुक्त क्षेत्र घोषणा गरिएकाले अब पूरै नरपालिकालाई नै बालविवाहमुक्त बनाउने अभियानमा आफूहरु रहेको नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताएका छन् । यो अभियानमा सबैको साथ भने चाहिने उनको भनाई छ ।

स्मरणीय छ,

विश्वमा सानै उमेरमा हुने विवाहमा ठूलो कमी आएको संयुक्त राष्ट्रसंघीय कोष युनिसेफको पछिल्लो तथ्यांकले पनि देखाएको छ । गएको एक दशकमा विश्वभर बालविवाहमा आशलाग्दो रुपमा कमी आएको युनिसेफको भनाई छ ।

एक दशकको अवधिमा दुई करोड ५० लाख बालविवाह रोकिएको युनिसेफले जनाएको छ । एक दशकअघिसम्म चारमा एक किशोरीको १८ वर्ष भन्दा कम उमेरमै बिहे हुने गरेकोमा अहिले त्यो संख्या पाँचमा एक रहेको छ ।

बालविवाह मूख्य समस्याको रुपमा रहेका दक्षिण एसियाली देशमा यो दशकमा सानो उमेरमा हुने विवाहमा निकै कमी आएको युनिसेफले बताएको छ । बालविवाहका कारण हुने नोक्सानीबारे जानकारी दिनेखालका प्रकाशनले गर्दा यसमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

सानो उमेरमा हुने बिहेले बालिकामा मात्रै नभएर बालकमा पनि जीवनभर गम्भीर असर पर्ने भएकाले यसमा कमी आउनु निकै सकारात्मक भए पनि अझै काम गर्न धेरै बाँकी रहेको युनिसेफले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघीय दीगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्नका लागि विश्वका नेता सहमत भएका छन् । नेपाल पनि यसमा सहमत रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?