टीकापुर हत्याकाण्डका दुई अभियुक्त सार्वजनिक, किन र कसरी भयो हत्या?

टीकापुर हत्याकाण्डका दुई अभियुक्त सार्वजनिक, किन र कसरी भयो हत्या?
+
-

धनगढी- कैलालीको टिकापुरका करण थापाको हत्यामा संलग्न दुई जनालाई कैलाली प्रहरीले सार्वजनिक गरेको छ।

गत बिहीबार होली खेल्ने क्रममा थापाको हत्या गरी फरार भएका टीकापुर नगरपालिका १ का १९ वर्षीय सन्दीप रावल र वडा नम्बर ३ का २१ वर्षीय सागर पाण्डेयलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

उनीहरुलाई सोमबार काठमाडौँको बालाजुबाट प्रहरीले पक्राउ गरेर मंगलबार हवाईमार्ग भएर धनगढी ल्याएको थियो।

कैलालीका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले थापाको हत्या गरी फरार रहेका उनीहरुलाई फोन ट्रयापिङ्गको आधारमा पक्राउ गरिएको जानकारी दिए।

होलीमा खुकुरी हानेर टीकापुरमा एकको हत्‍या

एसपी घिमिरेका अनुसार हत्यापछि दुवै जना बदिर्यामा लुकेर बसेको र तेस्रो दिन बसमार्फत काठमाडौ गएका थिए।

हत्यामा संलग्न उनीहरुलाई मुलुकी ऐन २०२० ज्यान सम्बन्धी महल दफा १३ को १ बमोजिम सजायको मागदावीसहित मुद्दा दर्ता गरिने एसपी घिमिरेले जानकारी दिए। उक्त महलमा आजीवन कारावासको सजाय हुने व्यवस्था रहेको छ।

टीकापुरमा खुकुरी हान्‍ने दुई युवक काठमाडौबाट पक्राउ

प्रारम्भिक बयानमा दुवै जनाले आवेसमा आएर हत्या गरेको स्वीकार गरेका प्रहरी उपरिक्षक घिमिरेले बताए।

किन र कसरी भयो हत्या?

१७ गते बिहीवार मध्यरात टीकापुरमा आयोजित होली बिशेष कार्यक्रममा करण थापा आफ्नो साथीहरु सहित होलीमा रमाइरहेका थिए।

सोही ठाउँमा सन्दीप रावल र उनका साथीहरु पनि थिए। होली खेल्ने क्रममा मृतक करण थापाबाट सन्दीप रावललाई सामान्य धक्का लाग्यो।

आफूलाई धक्का दिएको भन्दै सन्दीपले करणको छाती समातेर धकेल धाकेल गरे।

रिसाएका करणले सन्दीपको मुखमा मुक्का प्रहार गरी उनलाई भुईँमा लडाए। भुईँमा लडेका सन्दीपले कम्मरपेटीमा लुकाएको छुरा निकाले र करणको पेटमा प्रहार गरे।

त्यसपछि सन्दीप र सागर दुबैले मिलेर शरीरका बिभिन्न ठाउँमा छुरा प्रहार गरी फरार भए। छुरा प्रहारबाट गम्भीर घाइते भएका करणको उपचारका क्रममा साही दिन राती मृत्यु भयो।

कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेले सामान्य विवादको घटनामा करणले ज्यान गुमाएको बताए।

सन्दीप र सागर टिकापुरमा पहिलेदेखि नै गुण्डागर्दीमा संलग्न रहेका पाइएको उनले बताए।

 

खुकुरी प्रहार गरी हत्या गर्ने दुईजनालाई जहाज चढाएर धनगढी ल्याईँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?