सडक दुर्घटना न्यूनीकरण गर्न धनुषा ट्राफिकको अभियान, टिप्पर चालकलाई टाइमकार्ड

सडक दुर्घटना न्यूनीकरण गर्न धनुषा ट्राफिकको अभियान, टिप्पर चालकलाई टाइमकार्ड
+
-
जनकपुरधाम- धनुषामा निरन्तर सडक दुर्घटना बढ्दै गएकोप्रति चिन्तित जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले नयाँ अभियान शुरु गरेको छ।
विभिन्न क्षेत्रबाट आलोचना खेप्दै आएको ट्राफिक प्रहरी धनुषाले अन्ततः दुर्घटना न्यूनीकरणतर्फ एक पाइला अगाडि बढाउँदै नयाँनियम समेत लागू गरेको छ।
मुख्यतः राजमार्गको सडक खण्डमा टिप्परको ठक्करले सडक दुर्घटनाको संख्या वृद्धि हुँदै गएपछि ट्राफिकले टिप्परसहितको सबारीसाधनलाई टाइमकार्ड बाँड्न सुरु गरेको छ।
अधिकांश दुर्घटना चालकको लापरबाहीले हुँदै आएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालकलाई टाइमकार्ड अनिवार्य गरेको हो।
जनकपुर-ढल्केबर सडकखण्डमा भइरहेको निर्माणको कामले टिप्पर ओहोरदोहोर गर्ने संख्या बढेको छ भने अधिक भत्ताको लोभमा परी चालकहरुले तीव्र गतिमा गाडी कुदाउने गरेको देखिएको छ। यसले गर्दा उक्त सडक खण्डमा दिनैपिच्छै दुर्घटना हुने गरेको ट्राफिकको भनाइ छ।
गतिलाई नियन्त्रण गर्न मंगलबारदेखि नै टाइमकार्ड बाँड्न सुरु गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनकपुर–ढल्केबर सडक खण्डमा चल्ने सबै टिप्परलाई टाइमकार्ड अनिवार्य गरेको छ।
मुजेलियामा ट्राफिक प्रहरी डेस्क
जनकपुरको मुजेलियामा ट्राफिक प्रहरी डेस्क बनाएर नै टिप्पर चालकहरुलाई अत्याधिक गतिमा गाडी नकुदाउन सल्लाहसुझाव दिँदै टाइम कार्ड वितरण गरिरहेको छ।
धनुषा प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले शुरु गरेको उक्त अभियानमा टिप्परहरुलाई  ढल्केबरबाट जनकपुर तथा जनकपुरबाट ढल्केबर पुग्न डेढ घण्टाको समय निर्धारण गरिएको छ।
यस्तै, गाडी चल्ने समय बिहान ६ बजेदेखि राति ९ बजे सम्म निर्धारण गरिएको छ भने समयसीमा उल्लंघन गर्ने ट्रिपर चालक उपर कारबाही गरिने ट्राफिक प्रमुख हरिनन्दन चौधरीले बताएका छन्।
टिप्पर चालकको मासिक पारिश्रमिक कम रहे पनि गाडीमालिकले उपलब्ध गराउँदै आएको प्रत्येक ट्रिप वापतको ५ सय भत्ताको लोभमा परी अधिक ट्रिप पुर्‍याउन टिप्पर चालकले तीव्र गतिमा गाडी चलाउँदै आएका छन्। यसले गर्दा सडक दुर्घटना बढेको छ ।
दुई महिनामा मात्र २० जनाको मृत्यु
जनकपुर-ढल्केबर सडक खण्डमा भएको सडक दुर्घटनामा परी गत सोमवार मात्रै एक शिक्षकको मृत्यु भएको छ। मोटरसाइकलमा सबार शिक्षक हरिनारयण यादवलाई बाटो क्रस गर्ने क्रममा ट्रिपरले ठोक्कर दिएको थियो। यस्तै, गत शनिवार होलीको दिन भएको दुर्घटनामा उक्त सडक खण्डमै दुई जना युवकले ज्यान गुमाए।
होलीकै दिन जनकपुर ७ स्थित जिरोमाइलमा जीपले मोटरसाइकललाई ठोक्कर दिँदा एक जना गम्भीर घाइते भएका थिए। घाइतेको उपचार विराटनगरमा भर्रइहेको छ भने घटनापछि फरार रहेको जीपको खोजी अझै जारी रहेको ट्राफिकको भनाइ छ।
गत माघ महिनामा मात्रै धनुषामा भएको २३ वटा सडक दुर्घनामा परी १० जनाको मृत्यु भइसकेको छ भने २१ जना सख्त घाइते भएका छन्।
यस्तै, ७ जना सामान्य घाइते भएका छन्।
फागुन मसान्तको २१ गते सम्ममा भएको १८ वटा सडक दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ भने १५ जना घाइते भएका छन्। ट्राफिक प्रहरी निरीक्षक हरिनन्दन चौधरीका अनुसार अन्य बर्षको तुलनमा धनुषामा यसवर्ष सडक दुर्घटना बढेको छ, जसले गर्दा ट्राफिक सक्रियरुपमा अगाडि बढी दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियानहरु सञ्चालन गर्न लागेको हो।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?