
नेपालगञ्ज – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले पहिलो पटक जन्मदिन मनाएका छन्।
नेपालगञ्ज आइपुगेका सदस्य सचिव विष्टको ५२ औं दिन मनाइएको हो। क्रियटिभ ह्याण्डसले एक समारोहको आयोजना गरेर बिष्टको जन्मदिन मनाइदिएको हो।
सदस्य सचिव विष्टले यसअघि कहिल्यै जन्मदिन मनाएका थिएनन्। ‘यो त ऐतिहासिक भयो, मैले आजसम्म जन्मदिन मनाएको छैन, केक काटेपछि सदस्य सचिव विष्टले भने, औपचारिक रुपमा जन्मदिन मनाएको यो पहिलो हो।’
सदस्य सचिव बिष्टलाई आफ्नो जन्मदिन पनि थाहा थिएन। फेसबुकले देखाएपछि साथीभाइले शुभकामना दिएपछि उनलाई आफ्नो जन्मदिन आज परेको याद भएको थियो। दाङ भएको बीच भलिबलको कार्यक्रममा आएका विष्ट बुधबार साँझ नेपालगञ्ज आइपुगेका थिए।
‘अस्ति प्रधानमन्त्रीको केक काटेर जन्म दिन मनाइयो। मलाई यो के गरेको होला जस्तो लागेको थियो, आज आफैँले केक काट्दा पो थाहा भयो, जन्म दिनको त विशेष महत्व हुँदोरहेछ, विष्टले भने, नेपालगञ्ज मेरो जीवनमा यादगार हुनेभयो।’
सदस्य सचिवको जन्म दिनमा पुगेका विधायक सुरेन्द्र हमाल, प्राज्ञ सनत रेग्मी, नेपालगञ्जकी उपमेयर उमा थापा, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वली, जिल्ला अध्यक्ष आतंक बस्नेत, क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीलगायतले नेपालगञ्जमा हुन थालेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै भब्य रुपमा सम्पन्न हुने आशा व्यक्त गरे।
सदस्य सचिव विष्टले अहिलेसम्म भएका राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा आठौँ उन्नत र स्तरीय रुपमा समयमै सम्पन्न हुने विश्वास दिलाए । सदस्य सचिव विष्टले धेरै बाँचेर भन्दा पनि जीवनलाई सार्थक बनाउनु पर्नेमा जोड दिए ।
‘म हरेक दिन, हरेक बसाई खेलकुदको विकास गर्छु । केही न केही योगदान दिएर जान्छु । तपाईहरुको शुभकामनाले मलाई अझ टेवा र बल मिलेको छ, सदस्य सचिव विष्टले भने ।
२०७५ मंसीरमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता बाँके, बर्दिया र दाङमा हुँदैछ । ३५ खेलमध्ये अधिकांश खेल नेपालगञ्जमा हुनेछन् । त्यसका लागि भौतिक पूर्वाधार निर्माण धमाधम भइरहेको छ ।
क्रियटिभ ह्याण्डस्ले समाजमा योगदान पुर्याउने व्यक्तिहरुको जन्म दिन मनाइदिने गरेको छ। जन्म दिनको केकसँगै क्रियटिभले एउटा किताव उपहार दिने गरेको छ । सदस्य सचिव विष्टलाई सुरेन्द्र हमालको बारेमा लेखिएको ‘ओलम्पियन’ दिइएको छ ।
क्रियटिभ ह्याण्डस्ले समाजमा योगदान पुर्याउने व्यक्तिहरुको जन्म दिन मनाइदिने गरेको छ । जन्म दिनको केकसँगै क्रियटिभले एउटा किताव उपहार दिने गरेको छ । सदस्य सचिव विष्टलाई सुरेन्द्र हमालको बारेमा लेखिएको ‘ओलम्पियन’ दिइएको छ।