
काठमाडौं – जिम्बावेमा जारी आईसिसी एकदिवशीय विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।
टस जितेको नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। यस खेलका लागि नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन। पहिलो खेलमा जिम्बावेविरुद्ध खेलेकै ११ खेलाडीलाई स्कटल्यान्डविरुद्ध उतारिदै छ।
नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर ,दीपेन्द्रसिंह एेरी, रोहित पौडेल ,सन्दिप लामिछाने ,आरिफ शेख, बसन्त रेग्मी, दीलिप नाथ र सोमपाल कामी र ललित राजबंशी छन्।
यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग एक सय १६ रनको पराजय ब्यहोरेको थियो।
नेपालले यसअघि स्कटल्यान्डसँग तीन पटक प्रतिस्पर्धा गरेकामा सबैमा पराजित भएको थियो।
सुपर सिक्स पुग्ने सम्भावना कायम राख्न नेपाल जित्नैपर्ने दबाबमा छ।
नेपालले समूहगत चरणमा हङकङ र अफगानिस्तानसँग पनि खेल्ने छ। समूहको शीर्ष तीन टोली सुपर सिक्स पुग्नेछन्।
दुई खेल खेलेका स्कटल्यान्ड र जिम्बावेको समान चार अंक रहेको छ।