नेपालले एक रन जोड्दा उपकप्तान ज्ञानेन्द्र बोल्ड

नेपालले एक रन जोड्दा उपकप्तान ज्ञानेन्द्र बोल्ड
+
-

काठमाडौं – जिम्बावेमा जारी आईसिसी एकदिवशीय विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।

टस जितर पहिला ब्याटिङ गरेको नेपालले खराब सुरुआत गरेको छ।

नेपालले दुई ओभरको समाप्तीमा एक विकेट गुमाएर ७ रन जोडेको छ। नेपालले दोस्रो ओभरको पहिलो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गमायो। सात बल खेलेका ज्ञानेन्द्र बोल्ड आउट भएका हुन्।

यस खेलका लागि नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन। पहिलो खेलमा जिम्बावेविरुद्ध खेलेकै ११ खेलाडीलाई स्कटल्यान्डविरुद्ध उतारिदै छ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर ,दीपेन्द्रसिंह एेरी, रोहित पौडेल ,सन्दिप लामिछाने ,आरिफ शेख,  बसन्त रेग्मी, दीलिप नाथ र सोमपाल कामी र ललित राजब‌ंशी छन्।

यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग एक सय १६ रनको पराजय ब्यहोरेको थियो।

नेपालले यसअघि  स्कटल्यान्डसँग   तीन पटक प्रतिस्पर्धा गरेकामा सबैमा पराजित भएको थियो।

सुपर सिक्स पुग्ने सम्भावना कायम राख्न नेपाल जित्नैपर्ने दबाबमा छ।

नेपालले समूहगत चरणमा हङकङ र अफगानिस्तानसँग पनि खेल्ने छ। समूहको शीर्ष तीन टोली सुपर सिक्स पुग्नेछन्।

दुई खेल खेलेका स्कटल्यान्ड र जिम्बावेको समान चार अ‌ंक रहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?