जलवायु परिवर्तनको प्रभाव पुरुषमा भन्दा महिलामा बढी

जलवायु परिवर्तनको प्रभाव पुरुषमा भन्दा महिलामा बढी
+
-

जलवायु परिवर्तनको प्रभाव पुरुषको तुलनामा महिलामा पर्ने एक अध्ययनले देखाएको छ । विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनका कारण परेको नकारात्मक प्रभावका कारण आफ्नो थातथलोबाट बिस्थापित हुनेमा महिलाको संख्या धेरै छ ।

विस्थापित भएकामा ८० प्रतिशत महिला रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

घरायसी काममा महिलाको संलग्नता, बालकालिका तथा परिवारका सदस्यको स्याहारमा उनीहरुको भूमिका तथा खाद्यान्त तथा इन्धनको जोहोमा गर्नु पर्ने प्रयासका कारण महिला बढी जोखिममा परेका हुन् । जलवायु परिवर्तनका कारण हुने बाढी तथा खडेरीको मारमा महिला बढी पर्ने गरेका हुन् ।

सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतापछि महिला सशक्तिकरणमा जोड दिइएको छ । जलवायु परिवर्तनको सबै भन्दा बढी मार मध्य अफ्रिकामा परेको छ ।

त्यस क्षेत्रको चाड तालको ९० प्रतिशत भाग हराएको छ । यस्तै घुमन्ते आदीबासीको अस्तित्व नै संकटमा परेको छ । पानीका स्रोतहरु सुक्दै जाँदा महिलाहरु पानीकै लागि टाढा जानु पर्ने भएको छ ।

नाइजेरिया, क्यामरुन, चाड, नाइजर तथा मध्य अफ्रिकी गणराज्यका दशौँ लाख बासिन्दा पानीका लागि चाड तालमा निर्भर रहँदै आएका छन् । ग्रामीण क्षेत्रका मात्रै नभएर विश्वभर सबै क्षेत्रका महिला जलवायु परिवर्तनको मर्कामा पर्ने गरेको देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?