
काठमाडौं- १०८औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा साँस्कृतिक संघ नेपालले ‘नेपालका विशिष्ट महिलाहरु’ फोटो प्रदर्शनी सुरु गरेको छ।
नेपाल आर्ट काउन्सिल बबरमहलमा राखिएको प्रदर्शनीमा परापूर्वकालदेखि वर्तमान अवस्थासम्म विभिन्न विधाहरुमा महिलाले गरेका योगदानको कदर गर्दै ऐतिहासिक फोटोहरु अवलोकन गर्न पाइने आयोजकले जनाएको छ।
प्रदर्शनीमा पूर्वरानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहको तस्बिरदेखि हालका राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिरहरु हेर्न सकिन्छ। यसका साथै माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, नेपाली गीतसंगीतकी कोकिल कण्ठी तारादेवी, अरुणा लामा, नायिका भुवन चन्द, मनिषा कोइराला लगायत विशिष्ट महिलाहरुको तस्बिर राखिएका छन्।
तस्बिरहरु- बर्षा शाह/ देश सञ्चार