
धनगढी- राजधानीमा महिला दिवस मनाइरँदा कैलालीमा बोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ।
कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी राधा चौधरीलाई स्थानीय गुरुवा रामवहादुर चौधरीले बोक्सीको आरोपमा कुटपिट गरेका हुन।
आफ्नो पुजाआजाका लागि नआएको निहुँमा वोक्सी भनेर कुटपिट गरिएको स्थानीय वासिन्दाले बताएका छन्। ६ घण्टासम्म कुटपिट हुँदा चौधरी बेहोस भएपछि उनको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ। विहीबार साँझ सम्म पनि उनको होस खुलेको छैन्।
गुरुवा रामप्रसाद चौधरीलाई भने प्रहरीले उपचार खर्च दिने सर्तमा छोडेको छ। ईलाका प्रहरी कार्यालय सुख्खडसँगै घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरी सहित वडा अध्यक्षहरुले घटनालाई ढाकछोप गर्दै मिलाएको आफन्तको आरोप छ।
वोक्सीको आरोपामा कुटपिटको घटनालाई प्रहरी जनप्रतिनिधिले लुकाउन खोजेको बताईएको छ ।