साहित्यकार सरस्वती प्रतीक्षासहित ११ विधाका महिला सम्मानित

साहित्यकार सरस्वती प्रतीक्षासहित ११ विधाका महिला सम्मानित
+
-

पोखरा- पोखराको रेडिया जननी ९०.८ ले आफ्नो चौथो वार्षिकोत्सव एवं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विभिन्न क्षेत्रका ११ जना महिलालाई सम्मानित गरेको छ।

महिलाद्वारा सञ्चालित र महिलामात्रै कार्यरत रेडियोले आफ्नो चौथो वार्षिकोत्सव समारोहमा विभिन्न ११ वटा विधामा योगदान पुर्‍याएका महिलालाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा साहित्यतर्फ सरस्वती प्रतीक्षा, सामाजिक समावेशीतर्फ प्रहरी निरीक्षक चन्द्रा गुरुङ, उद्यमशीलतातर्फ सौन्दर्यकर्मी चन्द्रा प्रधान, शिक्षातर्फ चन्द्रा भद्रा, संगीततर्फ रुबी गौली, स्वास्थ्यतर्फ गोमा तुलाचन, अपांगतातर्फ शोभा पौडेल, सञ्चारतर्फ कल्पना चापागाईँ, पर्यटनतर्फ निक्की र डिक्की कार्की, सामाजिक क्षेत्रतर्फ सुलोचना सिग्देल, महिला तथा बालबालिकातर्फ बिना सिलवाल छन्। उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश ४ का उपसभामुख सृजना शर्मा र राष्ट्रिय सभा सदस्य वृन्दा राना मगरले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा उपसभामुख सृजना शर्माले महिलाद्धारा सञ्चाालित र महिला मात्रै कार्यरत रेडियोले सामाजिक रुपान्तरणका लागि उल्लेखनीय भूमिका खेल्दै अघि बढेको बताइन्। उनले विभिन्न क्षेत्रका महिलाको योगदान गरी सम्मान गर्नु रेडियोको सकारात्मक कार्य भएको भन्दै आवाज विहिनको आवाज भएर सञ्चार माध्यम अगाडि बढ्नुपर्ने भनाइ राखिन्।

उनले बदँलिदो राजनीतिक परिवेशमा संचार माध्यम अझै बढी चनाखो भएर सुशासन स्थापितका लागि अग्रसर हुनुपर्ने बताइन्। त्यसैगरी राष्ट्रिय सभा सदस्य विन्दा रानाले रेडियो जननी प्रदेश नं. ४ कै उदाहरणीय रेडियो भएको बताइन्। उद्यमशील समाजको परिकल्पना गरेर स्थापित रेडियो महिला सशक्तिकरणको नमूना भएको भन्दै सबैले गर्व गर्नुपर्ने उनले बताइन्। उनले समाजमा महिलाको अवस्थालाई अझै सशक्त बनाउन रेडियोको महत्वपूर्ण भुमिका हुने भन्दै सत्य तथ्य र निष्पक्ष समाचारमा सञ्चारमाध्यमले विशेष ध्यान दिन आग्रह गरिन्।

कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष हिरा भट्राइले पहिलो आवाज उद्यमशीलता, दोस्रो आवाज स्वतन्त्रता र तेस्रो आवाज समानताका लागि भन्ने नाराका सञ्चालित रेडियोले उद्देश्य प्राप्तिका लागि काम गरिरहेको बताइन्। रेडियोले स्टुडियोभित्र मात्रै नभई बाहिर पनि उत्प्रेरणामूलक कार्यक्रम लिएर बस्तीबस्तीमा पुगेको जानकारी उनले दिइन्। संस्थाका अध्यक्ष मिलन थापाले रेडियो जननीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुन्नत र समता मुलक समाजको पक्षमा सधै लागिपर्ने बताइन्।

उक्त अवसरमा रेडियोको वार्षिक गतिविधि समेटेर तयार पारिएको चौथो जननी उद्यमी आवाज स्मारिका पनि विमोचन गरिएको थियो। पोखरा हारमोनी समुहले प्रस्तुत गरेको सांगीतिक माहौलबीच सम्पन्न कार्यक्रममा सांसद दिपक कोइराला, पूर्व सांसद शारदा पौडेल, विभिन्न संघ संस्था प्रमुख एवं प्रतिनिधि र ३३ वडाका आमा समूह उपस्थित थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?