धनगढी- अछाममा माटोको ढिस्कोमा पुरीएर एक वालकको मृत्यु भएको छ भने तीन घाईते भएका छन्।
जिल्लाको ढकारी गाउपालिका वडा नम्बर ४ बलातामा विहिबार माटोको ढिस्कोमा पुरीएर सोही ठाउका काला थापाका १४ वर्षीय छोरा राजेश थापाको ज्यान गएको हो।
उनीसँगै माटोको लागी गएका नारायण थापा, लक्ष्मण थापा र भरत थापा घाईते भएका छन्। नारायण र लक्ष्मणको हात खुट्टा भाचिएको छ भने भरत समान्य घाईते अबस्थामा रहेका वडाअध्यक्ष भक्त बहादुर थापाले जानकारी दिए।
उनीहरु गाउबाट करिब ४ घण्टा टाढा भिरमुण खोलामा सेतो माटो ल्याउन भनेर गएका थिए।
घाईतेलाई बलाता स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछी थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय अछाम ल्याइएको छ।
ज्यान गुमाएका राजेश मनकामना मावि बलातामा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्।

भर्खरै
लोकप्रिय






































































































































































































