श्रीमतीले लगाइन् घरेलु हिंसाको अरोप

मोहम्मद शमीलाई १० वर्षको जेल सजाय हुन सक्छ

मोहम्मद शमीलाई १० वर्षको जेल सजाय हुन सक्छ
+
-

भारतीय क्रिकेट टिमका तीव्र गतिका बलर मोहम्मद शमी विरुद्ध घरेलु हिंसा सम्बन्धी आरोप दर्ता भएको छ ।

शमीकी श्रीमती हसीन जहांले आफूमाथि हिंसा गरेको तथा ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएपछि त्यसकै आधारमा आरोप दर्ता भएको कोलकाता प्रहरीले जनाएको छ ।

२७ वर्षे शमीमाथि हत्याको प्रयास तथा ज्यान मार्ने धम्की दिएको भन्दै कानुनी आधारमा मुद्दा दायर गरिएको प्रहरीले उल्लेख गरेको छ ।

भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बिहीबार जारी गरेको राष्ट्रिय टिममा अनुबन्धित खेलाडीको सूचिमा शमीको नाम समावेश छैन ।

शमीले श्रीमतीले आफूमाथि लगाएको आरोप झुट रहेको बताउँदै आएका छन् ।

शमी सन् २०१२ यत सबै प्रकारका प्रतियोगितामा गरी भारतको राष्ट्रिय टिमबाट ८७ खेल खेलिसकेका छन् ।

शमीमाथि कानुनको जुन धारा अनुसार आरोप दर्ता भएको छ, त्यो प्रमाणित भएमा उनीमाथि १० वर्ष वा त्यसभन्दा बढीको जेल सजाय हुन सक्छ ।

आरोप के के छ ?

शमीकी श्रीमती हसीन जहांले यो हप्ताको सुरुमा शमीको परस्त्रीसँग सम्बन्ध रहेको तथा आफूमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी थिइन् ।
शमी र जहांको चार वर्षअघि विवाह भएको थियो ।

जहांले गएको मंगलबार शमीले चार वर्षको अवधिमा विभिन्न महिलालाई पढाएका सन्देशहरु फेसबुकमा राखेकी थिइन् ।

शमीका धेरै प्रेमिका रहेको र उनले आफूमाथि शारीरिक तथा मानिसक रुपमा लगातार शोषण गर्दै आएको जहांको आरोप छ ।

शमीले भने आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै यो ठूलो षडयन्त्रको पाटो रहेको दाबी गरेका छन् । आफूलाई बद्नाम गर्नका लागि यो आरोप लगाइएको शमीको भनाई छ ।

जहांले शमीका दाइले आफ्नो बलात्कारको प्रयास गरेको पनि आरोप लगाएकी छन् । बिसिसिआईको अनुगमन समितिले शमीमाथि लागेका आरोपले आफूलाई अप्ठ्यारो अवस्थामा पुर्‍याएको बताएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?