६ लेन सडकमा ५ वर्षमा ८० जनाको मृत्यु

६ लेन सडकमा ५ वर्षमा ८० जनाको मृत्यु
+
-

भक्तपुर – अरनिको राजमार्गअन्तर्गत जडीबुटीबाट सूर्यविनायकसम्मको ६ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा चार हजार ६६२ सवारीसाधन दुर्घटना हुँदा १०६ गम्भीर घाइते र एक हजार ६१९ सामान्य घाइते भए । चालु आर्थिक वर्षको फागुन महिनाभित्र मात्र १७ जनाको मृत्यु भइसकेको छ ।

चारदोबाटो, सूर्यविनायकलगायत स्थानमा दिनहुँ दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसारसडकमा दुर्घटना हुनेमा बढी तीव्र गतिमा चल्ने ट्रक, टिपर र मोटरसाइकल बढी छन् ।

पर्याप्त सडकबत्ती नहुनु, ठिमी चोकमा ट्राफिक लाइट नहुनु, आकाशेपुल चोकदेखि पर हुनु, चारदोबाटोमा वारपार गर्ने सवारीसाधनका लागि आकाशे पुल नहुनु र सवारीसाधन मापदण्डभन्दा तीव्र गतिमा चलेका कारण बढी दुर्घटना भएको प्रहरीले जनाएको छ । सांसद महेश बस्नेतले अब तीनकुनेदेखि नै सडक व्यवस्थित गरिने बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?