
काठमाडौँ- सभामुखमा निर्विरोध विजयी भएपछि कृष्णबहादुर महराको अनुहार शनिबार खुसीले धपक्क बलेको थियो।
शुक्रबार नै उनको मात्र एकल उम्मेदवारी परेपछि निर्विरोध विजयी भइसकेका महरा सभामुख पदमा छानिएको औपचारिक घोषणा भने शनिबारमात्र भएको थियो।
संसदमा उनलाई शनिबार सभामुख घोषणा गर्दा प्रधानमन्त्री, माओवादी अध्यक्ष, कांग्रेस सभापतिलगायत शीर्ष नेताहरु उपस्थित थिए।
देशसञ्चारकी बर्षा शाहले विजयी कृष्णबहादुर महराको भावभंगिमा आफ्नो क्यामरामा उतारिन् र तयार पारिन् यो फोटो फिचर: