महेशबिक्रम शाहको सातौँ कथासंग्रह आइपुग्यो

महेशबिक्रम शाहको सातौँ कथासंग्रह आइपुग्यो
+
-

काठमाडौं- मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाहको सातौं कथासङ्ग्रह ‘भुइँखाट’ होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रमबीच  शनिबार सार्वजनिक भयो।

उक्त कृतिलाई कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. अभि सुवेदी र पुस्तकका टिप्पणीकार लेखकद्वय नारायण ढकाल र नयनराज पाण्डेले संयुक्त रुपमा सार्वजनिक गरे।

‘सटाहा’, ‘अफ्रिकन अमिगो’, ‘छापामारको छोरा’, ‘काठमाडौंमा कमरेड’, ‘सिपाहीकी स्वास्नी’ र ‘ज्याक्सन हाइट’ शाहका पूर्वप्रकाशित कथासङ्ग्रहरु हुन्।

पुस्तकमाथि टिप्पणी गर्दै नारायण ढकालले भने, ‘शाहको पहिलो कृति ‘सटाहा’मा वर्णन गरिएको थारु समुदायको मूल्य, मान्यता र संस्कृतिले म अविभूत भएको थिएँ। त्यसरी अविभूत हुने क्रमले ‘भुइँखाट’सम्म आइपुग्दा पनि निरन्तरता पाएको छ।’

अर्का टिपणीकार नयनराज पाण्डेले भने, ‘लेखकका कथाहरुमा परिवेश, विषयगत विविधता पाइन्छ। उनले मधेश, हिमाल, पहाडदेखि पश्चात्य जगतका  कथा र पात्रहरु संग्रहमा ल्याएका छन्।’

उनले थपे, ‘लेखकले सयमक्रमलाई पछ्याउँछन्। समयसँग संवाद गर्नु उनको विशेषता हो।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अभि सुवेदीले भने, ‘अहिले कथानक संकटमा। अहिलेको चुनौती भनेको पोस्ट ट्रुथ (post-truth) भन्दा  कथा अलग हो भनेर चिनाउने हो।’

पुस्तकबारे बोल्दै लेखक शाहले भने, ‘मेरी श्रीमतीले सधैं भन्छिन्, तपाईंलाई पुलिसहरुले साहित्यकारका रुपमा चिन्छन्, साहित्यकारहरुले पुलिसको रुपमा। तर म आत्मादेखि नै साहित्यकार हुँ। त्यसको जवाफ मेरा कृतिहरु हो जस्तो लाग्छ मलाई ।’

उनले थपे, ‘सुदूर गाउँको एक कुनाबाट फुत्त निस्केको थियो मेरो ‘कथा’। त्यो कथामा आफ्नै बालबयको भोगाइ थियो। मैले भोगेको जीवन बाह्य आँखाले हेर्दा मेरो निजी सम्पत्ति जस्तो देखिए पनि त्यो मेरो आफ्नै होइन । जीवन भोगाईको यात्रामा जे जतिपात्र र परिवेशसँग मैले व्यवहार गरें तिनका केही अंशहरु मेरा कथामा मिसिएका छन्। मैले लेखेका कथाहरुमा मेरा अनुभव र अनुभूति पोखिएका छन्। ती अनुभव र अनुभूतिहरु नै मेरा क्रियात्मक व्यवहारका उपज हुन्।’

सङ्ग्रहमा जम्मा १८ ओटा कथाहरु समावेश छन्। फाइनप्रिन्टले प्रकाशित गरेको उक्त पुस्तकको मुल्य रु ४५०(मोटो गाता) र रु ३०८ (पातलो गाता) रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?