
काठमाडौं – काठमाडौंको चपलीमा मोटरसाइकल र कार ठोक्किँदा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।
चपली घुम्तीमा शनिबार बेलुका तीनजना चढेको बा ७९ प ७७१ नम्बरको मोटरसाइकल र बा २ च ६३१६ नम्बरको कार आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि बसेका काठमाडौंको जमलका २६ वर्षे सुनिल थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटना गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा ज्यान गएको हो ।
घाइते भएका मोटरसाइकल चालक गुर्जुधाराका २० वर्षे सुधनप्रसाद लामिछाने र मोटरसाइकलको पछाडि बसेका रामेछापका २५ वर्षे सरोज घिमिरेको शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।