प्रदेश नं. १ का प्रमुखका लागि स्थायी निवास र कार्यालय

प्रदेश नं. १ का प्रमुखका लागि स्थायी निवास र कार्यालय
+
-

विराटनगर – झण्डै दुई महिनाको अस्थायी बसाईपछि प्रदेश नम्बर १ का प्रमुख प्रा. डा. गोविन्द तुम्बाहांग स्थायी निवास र कार्यालय सर्ने भएका छन् ।

गएको माघ ७ गतेदेखि औपचारिक रुपमा प्रदेश प्रमुखमा नियुक्त भएदेखि नै विराटनगरको वडा न. १३ स्थित कोशी प्रोजेक्टमा रहँदै आएका तुम्बाहांगको निवास र उनको कार्यालय सर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय तथा प्रदेशप्रमुख कार्यालयको छनौटमा विराटनगर ३ स्थित बालकल्याण गृहको कार्यालयमा सर्ने लागेको प्रमुख स्वकीय सचिव रामकृष्ण गुरागाईले जानकारी दिए ।

झण्डै ४ कट्ठा क्षेत्रफलमा रहेको भवनमा कुल १२ वटा कोठा रहेको सचिव गुरागाईले जानकारी दिए ।

“प्रदेश प्रमुखको भेटघाट, सुरक्षा तथा कार्यक्रम आयोजना गर्नका लागि हालको स्थान सानो र उपर्युक्त छैन, त्यसैले पनि हामीले अर्को उपर्युक्त स्थान खोजी गरेका हौँ”, सचिव गुरागाईले स्पष्ट पारे ।

सचिव गुरागाईले भने, “प्रमुखको कार्यालय र निवास एकै स्थान हुँदा उपर्युक्त हुन्छ । जसले काम गर्न, भेटघाट गर्नपनि सहज हुन्छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले पनि हाल मर्मत भइरहेको भवन उपयुक्त रहेको जनाएको छ ।”

शहरी डिभिजन कार्यालयले भवनमा लागि मर्मत सम्भार गरिरहेको छ । प्रदेशप्रमुखका प्रेस संयोजक शेखर रेग्मीका अनुसार, कार्यालयमा एउटा मात्र कोठा रहेको छ ।

कर्मचारी र प्रमुख बसोबास गर्ने अवस्था छैन । यसै कारण पनि प्रमुख हालसम्म कार्यालयमा समयदिन सकिरहेका छैनन् । सुरक्षा निकायका कर्मचारी राख्नका लागि पनि समस्या रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?