राष्ट्रियसभा अध्यक्ष : गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने एमालेको निर्णय

राष्ट्रियसभा अध्यक्ष : गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने एमालेको निर्णय
+
-

काठमाडौं – नेकपा एमालेले गणेश तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि भएको छलफलले तिमिल्सिनालाई राष्ट्रियसभाको अध्यक्षका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभाको अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ताको समय रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभाको अध्यक्षका लागि नेकपा एमालेमा पर्शुराममेघी गरुङ र गणेश तिमिल्सिना मध्ये एकलाई उम्मेदवार बनाउने चर्चा थियो ।

बिहानैदेखि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा परामर्शमा थिए । लामो छलफलपछि तिमिल्सिनालाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको हो ।

वाम गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । यसले गर्दा तिमिल्सिना अध्यक्ष बन्ने पक्का छ ।

यस्तै कांग्रेसले पनि आफ्ना उम्मेदवार खडा गर्ने नगर्ने बारे निर्णय गरेको छैन । राष्ट्रियसभामा एमालेका २९, कांग्रेस र माओवादीका समान १३ तथा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई दुई गरी ५९ सदस्य रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?