
भारतको मुम्बईमा किसानले प्रदर्शन गरेका छन् । ३० हजार भन्दा बढी किसान नासिकबाट हिँडेर मुम्बई पुगेका हुन् ।
मुआब्जा तथा कर माफीको माग गर्दै अखिल भारतीय किसान सभाको नेतृत्वमा प्रदर्शन भएको हो । किसानले सोमबार मुम्बईमा विधानसभाको बाहिर प्रदर्शन गर्ने तयारी छ ।
सरकारले व्यवसायीको हितमा काम गरेर किसानलाई वेवास्ता गरेको उनीहरुको आरोप छ । महाराष्ट्र सरकार किसानलाई संरक्षण गर्न असफल भएको भन्दै प्रदर्शन सुरु भएको हो ।
सन् २०१४ पछि किसानको अवस्था निकै खराब बन्दै गएको विश्लेषकले बताउएका छन् ।
सरकारले किसानलाई ऋण माफी दिनु पर्नेमा त्यो नगर्दा आफूहरु समस्या परेको प्रदर्शनमा सहभागी किसानले बताएका छन् ।

प्रदर्शनमा सहभागी हुनेमा महिला पनि छन् । तस्बिर : बिबिसी मराठी
महाराष्ट्र सरकारले आफू वार्ताका लागि तयार रहेको तर त्यसका लागि आन्दोलन रोकिनु पर्ने बताएको छ । किसान ६ दिनअघि नासिकबाट हिँडेर सोमबार सबेरै मुम्बई पुगेका हुन् ।
किसानले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र विधानसभा बाहिर धर्ना दिने बताएका छन् । यस्तै आदीबासी किसानको संरक्षण गर्नु पर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।