सात महिनाअघिमात्र नेपाललाई आइकाओले खतरा सूचीबाट हटाएको थियो

सात महिनाअघिमात्र नेपाललाई आइकाओले खतरा सूचीबाट हटाएको थियो
+
-

युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटनाले नेपालको विमानस्थल र वायुसेवा प्रदायक निकाय सुरक्षाका हिसाबले उपयुक्त नरहेको सन्देश पक्कै जाने छ।

सात महिनाअघि मात्रै वायुसेवाको विश्व प्रशासकीय निकाय इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन (आइकाओ) ले नेपाललाई गम्भीर सुरक्षा चुनौती (एसएससी) को सूचीबाट हटाएको थियो।

सन् २०१३ को जुलाईदेखि नेपाल वायु सेवा निगम आइकाओको एसएससी सूचीमा रहँदै आएको थियो। यही आधारमा युरोपियन युनियनले नेपाली वायुसेवा कम्पनीका विमानलाई आफ्नो हवाई क्षेत्रमा उडान भर्न रोक लगाउँदै आएका छन्।

तर आइकाओले नेपाललाई एसएससी सूचीबाट हटाएपछि नेपालको वायुसेवाको विश्वास विश्व समुदायमा बढ्ने अनुमान गरिएको थियो । तर, आइकाओले नेपाललाई एसएससी सूचीबाट गत जुलाइमा हटायो। अहिले आएर देशको प्रमुख र एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटना भयो।

दुर्घटनामा मानवीय नियन्त्रण रहँदैन । तर दुर्घटना हुन नदिनका लागि वा दुर्घटनापछि पनि मानवीय क्षति सकेसम्म कम गर्नका लागि मानवीय प्रयास महत्वपूर्ण रहन्छ।

नेपाल उड्डयन प्राधिकरण जहिले पनि चुक्दै आएको यही कुरामा हो। सोमबार पनि दुर्घटनापछिको सुरक्षात्मक तथा उद्दारको प्रयासलाई स्ट्याण्डबाइ राखेको भए मानवीय क्षति कम हुने थियो भन्ने प्रत्यक्षदर्शीले बताएका छन्।

विमानमा आगो लागेपछि निभाउनका लागि दमकलको प्रयास सुस्त देखिनुले विमानस्थल प्रशासन आपतकालीन अवस्थामा कत्तिको प्रभावकारी रहेछ भन्ने छरपष्ट भएको छ। यसले फेरिँदै गरेको नेपालको वायु सेवाको चित्र फेरि अन्तर्राष्ट्रिय स्तरमा धुमिल हुने पक्का छ।

यो पनि पढ्नुहोस्

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

रातभरि रुँदारुँदा लुगामा अाँसुको टाटो नै बसिसक्यो

रातभरि रुँदारुँदा लुगामा अाँसुको टाटो नै बसिसक्यो

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?