इजलासमा गएनन् सर्वोच्चका ८ जना न्यायाधीशहरु

+
-

काठमाडौँ- प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबार चोलेन्द्रशमशेर जबरालाई इजलास नताेकेपछि इजलास तोकिएका ८ जना न्यायाधीशहरु मंगलबार पाैने एक बजेसम्म इजलासमा बसेका छैनन्।

सपना मल्ल प्रधान, हरिकृष्ण कार्की, डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, प्रकाश रावत र दीपक जोशी अहिलेसम्म तोकिएको इजलासमा गएका छैनन्।

प्रधान र कार्कीको एउटा इजलास तोकिएको थियो भने भट्टराई र खतिवडाको अर्को इजलास तोकिएको थियो। त्यस्तै, श्रेष्ठ र सिन्हाको अर्को दुई सदस्यीय इजलास गठन गरिएको थियो। रावत र दीपक जोशीको अर्को इजलास गठन गरिएको थियो। न्यायाधीशहरु नगए पनि मंगलबारका सम्बन्धित इजलास बस्न सकेका छैनन्। सर्वोच्चका २० न्यायाधीशहरुमध्ये बाँकी चोलेन्द्रबाहेक बाँकी ११ जना न्यायाधीशहरुको इजलास भने साबिकअनुसार नै चलिरहेको छ।

सर्वोच्च स्रोतका अनुसार रावत र जोशी भने इजलासमा जाने सम्भावना भए पनि अन्य ६ जना न्यायाधीशहरु भने इजलासमा सम्भवत:जाने छैनन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष